कोठामा हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू..

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २४, बिहीबार,०४:५०:PM  
कोठामा हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू..

काठमाडौं । तापक्रममा कमी आएसँगै चिसो पनि अत्याधिक बढेको छ । चिसोबाट जोगिनका लागि अहिले बजारमा  नयाँ प्रविधियुक्त इलेक्ट्रोनिक्स सामानहरु आएका छन् ।

चिसोबाट जोगिनका लागि शहरी क्षेत्रमा अहिले इलेक्ट्रोनिक्स तथा ग्यास हिटरको प्रयोग बढेको छ । व्यस्त जिवनमा  घाम तापेर बस्ने समय सबैसँग नहुन सक्छ ।   चिसो हावाबाट बच्नका हिटर उपयुक्त भएपनि प्रयोग गर्दा भने विचार पु¥याउनु पर्छ । अन्यथा यसले ठूलै क्षति पुर्याउन सक्छ ।  

  • हिटरको प्रयोग गर्नुभन्दा अगाडी खुल्ला हावा आउने गरी कोठाको झ्याल खुल्ला राख्नु पर्छ ।
  • घरमा साना बच्चा छन भने उनीहरुलाई हिटर नजिक जान दिनुहुदैन । हिटरबाट निस्केको तेतो हावा बच्चाहरुको लागि हानिकारक हुन सक्छ । त्यस्तै हिटर नजिक खेल्दा वा जाँदा बच्चालाई पोल्ने या ठूलै दुर्घटना पनि हुन सक्छ ।
  • रुघाखोकी, मुटु तथा स्वासप्रश्वासका रोगीका लागी हिटरबाट निस्केको तातो हावा हानिकारक हुन्छ । यस्तो हावामा अक्सिजनको कमि हुन्छ र श्वास प्रश्वासमा गाह्रो हुन्छ । सकभर यस्ता व्यक्तीले प्रयोग नगर्दा राम्रो हुन्छ ।
  • लामो समयसम्म हिटर ताप्दा शरिरको छालालाई सुख्खा बनाउछ । यसले छालामा एलर्जी हुने खतरासमेत आउन सक्छ ।
  • हिटरको प्रयोग गरिसके पछि बन्द गर्न बिर्सनुहुदैन । रातीको समयमा हिटर बालेर सुत्नु हुदैन । निदाएपछि अन्य अप्रिय घटना पनि हुन सक्छ ।
  • बालेको हिटरको नजिक छिट्टै जल्ने बस्तुहरु राख्नु हुदैन । 
  • हिटर प्रयोग गर्दा  भोल्टेजलाई धान्ने किसिमको तार या मल्टीपल्कको प्रयोग गनुपर्छ ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top