एनसीसी बैंक मर्जरमा जाने, साधारणसभामा विशेष प्रस्ताव लैजादै 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २५, शुक्रबार,११:०५:AM  
एनसीसी बैंक मर्जरमा जाने, साधारणसभामा विशेष प्रस्ताव लैजादै 

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक पनि मर्जरमा जाने भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा प्राप्ति प्रक्रियामा सहभागी हुन २२ औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । साधारणसभा माघ १७ गते हुने भएको छ । 

उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभिने र प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारमा जान मनासिव देखिएमा बैंकको चलअचल सम्पत्ति तथा दायित्व तथा कारोबार मूल्याँकन (डीडीए)  गर्न मूल्याँकनकर्ता नियुक्त गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । 

मर्जर र प्राप्ति प्रक्रियामा सहभागी हुनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षरका साथै अन्तिम सम्झौता गर्नका लागि सबै काम गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने एनसीसीले जनाएको छ । 

बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत अर्थात १ अर्ब २२ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी बढेर ९ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ८ अर्ब १३ करोड रुपैयाँ छ ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top