अमेरिकामा निर्यात भयो नेपाली रोवर्ट

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २५, शुक्रबार,०५:३७:PM  
अमेरिकामा निर्यात भयो नेपाली रोवर्ट

काठमाडौं । पाइला टेक्नोलोजिले नेपालमा बनेको दुई ओटा रोवर्ट अमेरिकामा निर्यात गरेको छ । नेपाली युवाले बनाएको जिन्जर भर्सन २. र फेरी रोबर्ट गत २७ नोभेम्बर अमेरिका पुगेको हो । हाल ती रोबर्टले अमेरिकाको होस्टन सहरको काठमाडौं करी एण्ड बार रेष्टुरेन्टमा जाने ग्राहकलाई सेवा दिइरहेका छन् ।

पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरेका पाँच युवा र व्यवस्थापन पढेका दुई युवा मिलेर तीन बर्ष अगाडी पाइला टेक्नोलोजी कम्पनी खोलका थिए । यो कम्पनीले नेपालमै रोबर्ट बनाउँछ ।

उक्त समुहमा विनय राउत,  रविन गिरी, आयुस कसजु, निरज बस्नेत, सागर श्रेष्ठ, अनिष श्रेष्ठ, वसिम अक्रिम खान, दिपकमल भुसाल छन् । उनीहरुले बनाएको रोबोट ’परि’ नेपाल दरबारमार्ग स्थित एसबिआई बैंकले किन्यो । दरबारमार्गमा रहेको पहिलो स्मार्ट शाखामा रोबोर्ट परिले कस्टुमर सर्भिसको काम गर्छिन् । 

बैकिङ क्षेत्रमा प्रयोग गर्ने रोबोट तयार भएपछि सो टिम होटल, रेष्टुरेन्टमा प्रयोग गर्न मिल्ने रोबोर्ट जिन्जर फेरी रोबर्ट बनाएका थिए । पछि उनिहरुले नौलो नामक रेष्टुरेन्ट खोले ।

नौलो रेष्टुरेन्ट सञ्चालनमा आएको एक बर्ष भन्दा बढी भइसकेको छ । सोहि रेष्टुरेन्टको सफलताबाट पाइला टेक्नोलाजीले बनाएको नेपाली रोबर्ट बिदेशमा पर्याउन सफल भएको सञ्चालक बताउँछन् । 

पाइला टेक्नोलोजीका संस्थापक विनय राउतले अमेरिकामा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका गैरआवासिय नेपालीले नै नेपालबाट उक्त रोवर्ट खरिद गरेको बताए ।

रोवर्ट अमेरिका पुगेको बिषय नेपाल र पाइला टेक्नोलोजिको ठूलो उपलब्धी भएको र अगामी दिनहरुमा युरोप, अफ्रिकामा पनि निर्यात गर्ने उनको भनाई छ । 

‘नौलो रोर्बट रेष्टुरेन्ट सञ्चालन पछि हामिले ग्राहकको माया पायौं र देश बिदेशबाट हौसला मिल्यो’ पाइला टेक्नोलाजीका संस्थापक तथा नौलो रेष्टुरेन्ट सञ्चालक विनय राउत भने ‘अहिले नेपालमा बनेको पहिलो नयाँ प्रविधि विदेश निर्यात भएसँगे हामिलाई झन हौसला मिलेको छ’ । 

नौलो रेष्टुरेन्ट सञ्चालनमा आएदेखि नै देश बिदेशमा चर्चा चल्यो । रेष्टुरेन्टमा रोबर्ट हेर्ननै ग्राहकको घुइचो लाग्न थाल्यो । झन्डै डेढ बर्ष अघि सञ्चालनमा आएको नौलो रेष्टुरेन्ट तथा पाइला टेक्नोलोजीको सामुहिक सर्घष र मेहनतले नै यो सबै सम्भब भएको बताउँछन राउत ।

एउटै सोच र जागर भएका युवाको इच्छाशक्तिले नै यो सफलता प्राप्त गरेको राउतकोे भनाई छ । हाल नौलो रेष्टुरेन्टमा दुई ओटा रोबर्टले सेवा दिइरहेका छन् ।

पाइला टेक्नोलोजिका संस्थापक आयुस कसजुले केहि समय पनि दिल्लीमा समेत रोबर्ट पुर्याउने तयारी छ । उनका अनुसार यो बिषयमा छलफल भइरहेको छ । कम्पनीले फ्रिन्चाइजको प्रक्रिया समेत अगाडी बढाएको उनको भनाई छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top