बिजुली बसलाई बैंकले पत्याएनन्, सुन्दर यातायातका बस खरिद प्रक्रिया अवरोध

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,११:२८:AM  
 बिजुली बसलाई बैंकले पत्याएनन्, सुन्दर यातायातका बस खरिद प्रक्रिया अवरोध

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममै प्रोत्साहन गर्ने उल्लेख गरे पनि बैंकले बिजुली बसमा लगानी गर्न अस्विकार गरेको छ ।

नेपालमा पहिलो पटक विद्युतीय सवारी सञ्चालनमा ल्याएको सुन्दर यातायातले विद्युतीय सुवारीमा लगानी गर्ने भन्दै पटक पटक विभिन्न बैंकहरुसँग कर्जा माग गरेपनि नपाएको एक बिज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

बिजुली बसमा कर्जा माग गर्दा बैंकहरु पछि हटेका सो कम्पनीको जिकिर छ । अर्थ मन्त्रालय तथा राष्ट्रबैंकबाट विद्युतीय सवारीमा लागानी गर्न बैंकहरुलाई दिएको निर्देशन पालना नभएको भन्दै कम्पनीले आपत्ति जनाएको छ । सुन्दर यातायातका एक अधिकारीले बैंक प्रमुखहरुलाई कर्जाको लागि जति भेट्दा पनि चासो नदेखाएको बताए ।

‘यतिमात्र होइन विद्युतीय सवारी लोनको लागि बैंङ्कहरु भेट्नै चहादैनन्’ ती अधिकारीले भने ‘कम्पनीको आम्दानीबाट खर्चकटाइ ५ बर्षभित्र सम्पूर्ण लगानी चुक्ता गर्ने प्रतिवद्धता जनाएपनि ऋण दिन मानिरहेका छैनन् ।’ सुन्दर यातायातका अनुसार बैंकले ऋण नपत्याउदा विद्युतीय बस आयात रोकिने अवस्थामा पुगेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top