सवारी लाइसेन्स परीक्षा दिन एसइई पास र कम्प्युटर जानेको हुनुपर्ने   

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २८, साेमबार,०१:५१:PM  
सवारी लाइसेन्स परीक्षा दिन एसइई पास र कम्प्युटर जानेको हुनुपर्ने   

काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐन २०४९ लाई परिर्माजन गर्ने तयारी गरेको छ । विभागले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेखित लिखित परिक्षालाई परिर्माजन गरी कम्प्युटर प्रणालीबाट लिखित परिक्षा दिने व्यवस्था ऐनमा समावेश गर्ने लागेको छ ।

ऐन परिमार्जन पछि कम्प्युटर नजानेका व्यक्तिले सवारी लाइसेन्सको परिक्षा दिन नपाउने यातायात व्यवस्था विभागका प्रवक्ता  तिर्थराज खनालले बताए ।

उनका अनुसार विभागले कम्प्युटर प्रणालीबाट नै लिखित परिक्षा लिने र तत्कालै   नतिजा समेत थाहा पाउन सक्ने व्यवस्था सहित नयाँ ऐन बनाउन यातायात व्यवस्था विभागले प्रक्रिया अगाडी बढाएको छ ।

उनले भने ‘सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनको लागी चालकले एसइई पास गरेको तथा कमप्युटर जानेको हुनु पर्छ । नत्र उसले लाइसेन्स लिन तथा लाइसेन्सको लागी निबेदन दिन पाउने छैन ।’

विभागले अहिले प्रदेश सरकार तथा विज्ञहरुसँग ऐनको विषयमा छलफल गरि रहेको छ । यो सात भित्रमा यातायात व्यवस्था ऐनको मस्यौदा तयार बनाए र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने तयारी रहेको खनालले बताए । 

ऐनको मस्यौदा मन्त्रालयमा पठाए पछि मन्त्रालयले कानुन तथा अन्य सम्बन्धित मन्त्रालयसँग छलफल गरी संसदमा पठाउ छ । संसदले यो ऐन पास गरेर पछि मात्र लागु हुन्छ  ।

त्यस्तै, विभागले मोटरसाइकल तथा स्कुटरको सवारी चालक अनुमति पत्र(लाइसेन्स)लिनको लागी आवेदन दिन पाउने उमेर हद बढाउने भएको छ । 

संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्र लिने उमेर हद बढाएर १८ वर्ष पुरा हुनुपर्ने विषयमा छलफल भइरहेको खनालले बताए ।

उनका अनुसार दुई पांग्रे सवारीको लाइसेन्स लिने उमेर अहिलेको यातायात व्यवस्था ऐनमा १६ वर्ष पुरा भएकाले पाउने  व्यवस्था छ ,यसले गर्दा मोटरसाइकल दुर्घटना बढेकाले उमेर हद यातायात व्यवस्था ऐन मार्फत तोक्न लागेको उनको भनाई छ ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top