'उद्यमी/व्यवसायी देशका ज्वाइँ हुन्, त्यही अनुसार सम्मान गराैं' राज्यमन्त्री दुगड

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०८:१३:AM  
'उद्यमी/व्यवसायी देशका ज्वाइँ हुन्, त्यही अनुसार सम्मान गराैं' राज्यमन्त्री दुगड

उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले उद्योगी व्यवसायी सरकारका ज्वाई भएको बताएका छन् ।नेपाल चेम्बर अफ कमर्शको ७० औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उद्योगी व्यवसायीलाई ज्वाइँ भएको बताएका हुन् । ‘उद्योगी व्यवासायीले एक दिन पनि दुःख पाउनु हुँदैन, तपाईहरुलाई हामी आफ्नो ज्वाई जस्तै स्वागत गर्छौ’, उनले भने । 

 

अर्थमन्त्री डा. युवराज खतिवडासँगै चेम्बरको कार्यक्रममा सहभागी भएका उद्योग राज्यमन्त्री दुगडले उनै प्रति संकेत गर्दै त्यसो भनेका हुन् । उनले आर्थिक अपराध गर्नेहरुलाई आर्थिक सजाय मात्रै हुनुपर्ने र जेल हाल्न नपाइने धारणा पनि राखे । ‘कुनै पनि आर्थिक अपराधको सजाय पनि आर्थिक दण्ड नै हुनुपर्छ, जेलमै लगेर थुनिदिने हो भने मनोबल यति खस्किन्छ की टर्च लिएर हेर्न जानुस, उद्योगपतिहरु आउँदैन्, लगानी आउँदैन’, राज्यमन्त्री दुगडले भने । 

देशलाई समृद्ध बनाउन निजी क्षेत्रको मन जित्नुपर्नेमा पनि जोड दिए । उनले लगानीकर्ताहरुको मनोबल खस्किएको पनि बताए । ‘किन हाम्रो मनोबल खस्किरहेको छ ? किन नयाँ लगानी आईरहेको छैन ? किन हामी भएको लगानीलाई पनि संकुचित गर्न गईरहेका छौं ?’, उनले आफैं प्रश्न गरे । 

महिला उद्यमीहरुले आफ्नो उद्योगमा ताला लगाउनुपर्ने दिन आएको भन्दै धारणा राख्दा आफु भावुक भएको पनि सुनाए । लगानीकर्ताले आफ्नो उद्योगमा ताला लगाउँछु भन्ने दिन आउनु दुःखद भएको पनि उनले बताए । उनले कुनै पनि सरकारी संस्थान घाटामा जान नदिने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारी संस्थान तथा उद्योगका प्रमुखरुलाई एक महिनाभित्र नाफामा लैजाने प्रस्ता ल्याउन निर्देशन दिएको र त्यस्तो नभए राजीनामा गर्न भनेको पनि स्पष्ट पारे । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top