प्रभु बैंकमा झुम्मिए लगानीकर्ता

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०४:५२:PM  
प्रभु बैंकमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । मंगलबार सेयर बजारमा सबैभन्दा बढी प्रभु बैंकको ११ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको क्लोजिङ मुल्य १ सय ५६ रुपैयाँ रह्यो । त्यस्तै, सबैभन्दा कम कारोबार साल्ट टे«डिङ कम्पनीको भएको छ ।

यस कम्पनीको १ करोड ७१ लाख ७७ हजार ५ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा भने मंगलबार नेप्से ७.४८ अंकले घटेर १२ सय ४३.३८ मा पुगेर रोकिएको छ । मंगलबार १ अर्व २६ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर किनबेच भएका छन् ।

खास गरी, बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादन मुलक संस्था उपसमूहको कारोबारमा गिरावट आएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top