कर चुक्ता प्रमाणपत्रका आधारमा ऋणीको वार्षिक आम्दानी गणना हुने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०५:२४:PM  
कर चुक्ता प्रमाणपत्रका आधारमा ऋणीको वार्षिक आम्दानी गणना हुने 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करचुक्ता प्रमाणपत्रका आधारमा ऋणीको कुल आया गणना गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनलाई परिमार्जन गरी कर तिरेको आधारमा वार्षिक आम्दानी गणनाको व्यवस्था गरेको हो । 

केन्द्रीय बैंकले करचुक्ता प्रमाणपत्र पेश भएपछि मात्र ऋण दिन निर्देशन दिएको थियो । सोही निर्देशनलाई कार्यन्यन गर्न परिमार्जन गरेको हो । अब कर तिरेको आधारमा मात्र वार्षिक आम्दानी हुने भएको छ । यस्तै अन्तर बैंक ऋणलाई कर्जा, स्रोत परिचालन अनुपात (सीसीडी) मा गणना गर्न नपाइने व्यवस्था गरेको छ ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top