भ्रमण वर्ष लक्षित गर्दै विस्ताराले माघ २८ बाट नेपाल उडान गर्ने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ पुस २९, मङ्गलबार,०५:४०:PM  
भ्रमण वर्ष लक्षित गर्दै विस्ताराले माघ २८ बाट नेपाल उडान गर्ने

काठमाडौं । भ्रमण वर्ष २०२० को अवसरमा भारतमा रहेको विस्तारा एयरलाइन्सले नेपालमा उडान गर्ने निश्चित भएको छ । एयरलाइन्सले दिल्ली–काठमाडौ–दिल्ली दैनिक एक उडान गर्ने छ ।

सिंगापुर एयरलाइन्स र टाटा समूहको संयुक्त लगानीमा स्थापना भएको सो एयरलाइन्सले माघ २८ बाट नियमीत उडान गर्ने तालिका सार्वजनिक गरेको हो । विस्तारको यो चौथो अन्तर्राष्ट्रिय गन्तब्य हो । विस्ताराले दिल्ली–काठमाडौं रुटको दुइतर्फी भाडा १६ हजार नौ सय ९९ तोकेको छ ।

यस्तै विजनेस क्लासको भाडा भने दुईतर्फी ६१ हजार ९ सय ९९ रुपैयाँ राखेको छ । विस्ताराले गत साउन तेस्रो साताबाट पहिलो अन्तर्राष्ट्रिय उडान थालेको थियो । कम्पनीले दिल्ली–सिंगापुर रुटमा पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो । कम्पनीले भारतको दिल्ली र मुम्बईबाट सिंगापुर उडान गरिरहेको छ ।

कम्पनीको दोस्रो गन्तब्य दुबई र तेस्रो गन्तब्य थाइल्याण्डको बैंकक हो । चौथो गन्तब्य काठमाडौं बन्नेछ । कम्पनीले सिधा उडानबाहेक कोड शेयरका माध्यमबाट पनि आफ्नो सेवा विस्तारको योजना बनाइरहेको छ ।

सिंगापुर एयरलाइन्स, सिल्क एयर, ब्रिटिस एयरवेज, जापान एयर र यूनाइटेड एयरलाइन्ससँग कोड शेयर गरी सेवा बिस्तारको योजनामा विस्तारा एयरलाइन्स रहेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top