काठमाडौँ । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७६/ ०७७ कोे ६ महिनाको अवधिमा २ अर्ब ३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको तुलनामा बैंकले नाफा बढाउँदै लगेको छ । गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ७४ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत उपाध्याय बैंकको वित्तीय अवस्था तथा प्रगति सार्वजनिक गरेका थिए ।
उनका अनुसार बैंकका खाता संख्या ५२ हजार भन्दा बढी पुगेका छन् । सरकारले आव्हान गरेको ‘सबै नेपालीको बचत खाता’ खोलौ बैंक खाता अभियान अन्र्तगत बैंकले खाता संख्या ५२ हजारभन्दा पुगेको बैंकका पुगेको सीइओ उपाध्यायले बताए ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ खर्ब २७ अर्ब १३ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ खर्ब १० अर्ब १३ करोड २८ लाख रुपैयाँ निक्षेप गरेको थियो । त्यस्तै,बैंकले यस अवधीमा १ खर्ब १७ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आवको सोही अवधिमा बैंकले १ खर्ब ६ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । त्यस्तै बैंकले एक वर्षको अवधिमा २५ सय जनालाई ५ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि अनुदान दिएको छ ।
त्यस्तै,चालु आवको दोस्रो त्रैमासमा आइपुग्दा बैंकको खराब कर्जा १०.३१ प्रतिशत घटेको छ । गत वर्षको सोही अवधिमा ४ अर्ब ७१ करोड ८८ लाख रुपैयाँ रहेको खराब कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा ४ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, बैंकले आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता एडीबीएल– कृषि बैंक ऋणपत्र २०८२ निष्काशन गर्न अन्तिम चरणमा पुगेको जनाएको छ । बैंकले यस वर्ष ३० प्रतिशत लाभांश दिएको छ ।