काठमाडौं । बीमा कम्पनीहरुले आफनो कार्यक्षेत्रमा पर्ने स्थानमा अनिवार्य रुपमा घुम्ती बीमा कार्यक्रम संचालन गर्नुपर्ने भएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा बीमाको पहुँच बढाउन घुम्ती बीमालाई प्रोत्साह गर्ने नीति लिएपछि बीमा समितिले घुम्ती बीमालाई प्राथमिकताका साथ अघि बढाएको हो ।
समितिले यसलाई पाइलट प्रोजेक्टका रुपमा अगाडी बनाएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले घुम्ती बीमालाई गाउँ गाउँ पुर्याउन बीमा कम्पनीलाई कार्य क्षेत्र तोकेको बताए । समितिले केही समय अघि मात्रै बीमा कम्पनीहरुका लागि कार्यक्षेत्र तोकेको थियो ।
समितिले यस्ता कार्यक्रम वर्षै भरी सञ्चालन गर्ने कार्यकारी निर्देशक पौडेलको भनाई छ । समितिले जनकपुरबाट घुम्ती बीमा संबन्धी कार्यक्रम सुरु गरेको थियो । त्यस्तै, कास्कीको रुपा गाउँपालिकामा यस्तो कार्यक्रम संचालन भइसकेको छ ।
समितिले पाइलट प्रोजेक्टको रुपमा अघि बढाएको घुम्ती बीमा प्रोजेक्टको मुख्य उदेश्य साना साना छरिएर रहेको पूँजीलाई एकिकृत गर्नु र तल्लो स्तरका किसानहरुको जीवन स्तर उकास्नु हो।
यस्ता घुम्ती कार्यक्रमबाट बिमितले सानो सानो उत्पादनको बीमा गर्न पाउँछन् । बीमा गर्न टाढा जानु परेन । विना कुनै झण्झट आफ्ना उत्पादनको बीमा गर्न सकिने समितिले जनाँएको छ । तराई क्षेत्रमा प्राय फुसको घर हुनेगर्छ ।
त्यस्ता घरको बीमा गरिदिए उनीहरुले क्षतिपूर्ति पाउन सक्ने अवस्था हुन्छ । लघु बीमा जीवन र निर्जीवन दुबैमा गर्न पाउने व्यवस्था रहेको कार्यकारी निर्देशक पौडेलले बताए ।
समितिले शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदशर्न २०७६ पनि जारी भइसकेका छ । समितिले सर्वसाधारणमा सहज ढंगले न्यूनतम लागतमा घरदैलौमा नै बीमा सुविधा पुर्याउन सजिलो होस भन्ने उदेश्यले सो मार्गदर्शन जारी गर्ने गरेको हो ।
बीमालाई तल्लो स्तरसम्म पुर्याउन लघुबीमालाई प्राथमिकता दिने गरी लघुबीमा संचालन गर्ने बजेटमा उल्लेख भएपछि समितिले घुम्ती बीमा कार्यक्रमलाई तिब्रता दिएको हो ।
समितिको मार्गनिर्देशन अनुसार घुम्ती बीमा सेवा प्रदान गर्दा बीमकले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा र ५० लाख रुपैयाँसम्मको घर बीमा लगायतलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
घुम्ती बीमा सेवाले ५ लाख रुपैयाँ भन्दा बीमाङ्क कायम भएको कुनै पनि बीमालेख जारी गर्न नपाउने व्यवस्था समितिले गरेको छ । एकल बीमा शुल्क भएको जीवन बीमा,वैदेशिक रोजगारी म्यादी जीवन बीमा गर्न पाउने छैनन् ।
यस्तै निर्जीवन तर्फ सामुन्द्रिक बीमा, हवाई बीमा इन्जिनियरिङ्ग बीमा र मोटर बीमा गर्न नपाउने व्यवस्था सो मार्गदर्शनमा उल्लेख छ । घुम्ती बीमा