काठमाडौ ।अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत खर्चको भुक्तानी दिन रामनवमी जसरी कुरिरहनुपर्ने अवस्था नरहेको बताएका छन । पूँजीगत खर्च न्यून हुने गरेको सन्दर्भमा खतिवडाले जेठ र असारतिर दिनुपर्ने भुक्तानी तत्काल दिन सम्पूर्ण मन्त्रालयलाई आग्रह गरेको बताए ।
नेपाल समुन्द्रपार निकासी पैठारी संघको ४० औं साधारण सभामा बोल्दै उनले व्यवसायिक वातावरण बनाउन ब्याजदर स्थिर बनाउनुपर्नेमा जोड दिए । उनले व्यापारमा बिचलन आएमा व्यवसायिक वातावरण नबन्ने बताए ।
उनले व्यवसायिक क्षेत्र सुधारका लागि भन्सार दर र अन्तशुल्क लगायतका बिषयलाई सरकारले सहजीकरण गर्ने बताए ।पछिल्लो पटक विद्युत र विद्युतिय सामानको आयातमा पनि कमी आएको उनले बताए ।
निर्यातमूलक उद्योगलाई बिद्युत सेवा र कर्जा प्रवाह र ब्याजदर लगायतका बिषयका सरकारले सहुलियत र सहजीकरण गर्ने बताए । दुई देशको आयात र निर्यातमा देखिएका समस्या दुई पक्षीय वार्ता र छलफल गरेर समाधान गरिने अर्थमन्त्रीले बताए ।
उद्योग राज्यमन्त्री मोतिलाल दुगडले उद्योगीको काम नयाँ सोचाइ साथ हुनुपर्ने बताए । पाम आयल छिट्टै डेलिगेसन पठाउने र छिट्टै उच्चस्तरीय वार्ता गरि समाधान गर्ने बताए । उनले रेडिमेड गार्मेन्टलाई पुन उत्पादन गर्ने वातावरण सरकारले मिलाउने तयारी गरेको उनले बताए । उनले निर्यातमूलक उद्योग सेजलाई प्रवद्दन र विकास गरिने बताए । सेजमा अहिले कुनै समस्या नरहेको उनको भनाइ थियोे । सातै प्रदेशमा अौद्योगिक पार्क स्थापना गर्दै निर्यातमूलक उत्पादनमा जोड दिइएको बताए । निजि क्षेत्रलाई बाहिर राखेर मुलुकको समृद्धि नहुने भन्दै व्यवसायीको उच्च मनोबलका साथ व्यवसाय गर्न आग्रह गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले पाम आयल निर्यातमा रोक लगाउदा ठूलो घाटा भएको बताए । अहिले व्यापार सन्तुलन सकारात्मक नरहेको बताए । उनले निर्यात २७ प्रतिशत बढेको र आयात घटेपनि सरकारले निजि क्षेत्रका उद्योगलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन गर्न नसकेको उनको भनाई छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले निर्यात उद्योगलाई भ्याटमा छुट दिन आग्रह गरे । व्यवसायिक वातावरण बनाउन सरकारले भन्सार, अन्तशुल्क र आयकर जस्ता कुराहरुमा सहजीकरण गरिदिनु पर्ने अाैल्याए । नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सार दरलाइ सहजीकरण गर्नुपर्ने बताए । भन्सार घट्नु राम्रो भएपनि सबै वस्तु अनौपचारिक क्षेत्रबाट आउनु राम्रो नरहेको बताए ।