काठमाडौं । बढी बीमा शुल्क (प्रिमियम) संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड भएका छन । नेपाल लाइफ जीवन र शिखर निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हुन् ।
चालु आर्थिक वर्षको ६ महिनामा नेपाल लाइफले १३ अर्ब ९६ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो जीवन बीमाको कुल प्रिमियमको २९.७८ प्रतिशत हो । पुससम्म १९ जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।
यस्तै निर्जीवनतर्फ शिखरले १ अर्ब ८२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो निर्जीवन बीमातर्फको कुल प्रिमियमको १३.१६ प्रतिशत हो । १९ निर्जीवन कम्पनीले १३ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन ।
जीवनमा सबैभन्दा कम महालक्ष्मी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । महालक्ष्मीले कुल बीमाको ०.६० प्रतिशत प्रिमियम संकलन गरेको छ । यस्तै निर्जीवनमा सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । सानिमाले ६ महिनामा १.३७ प्रतिशत प्रिमियम संकलन गरेको छ । जीवन र निर्जीवन गरी ३८ बीमा कम्पनीले ६ महिनामा ६० अर्ब ७१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।
जीवनतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले ७ अर्ब ६९ करोड, राष्ट्रिय बीमा संस्थाले ५ अर्ब ८३ करोड, नेसनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९५ करोड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ४१ करोड, एसियन लाइफ इन्स्योरेन्सले २ अर्ब २६ करोड, मेटा लाइफ इन्स्योरेन्सले १ अर्ब ७७ करोड, सूर्या लाइफ इन्स्योरेन्सले १ अर्ब ५८ करोड र प्राइम लाइफ इन्स्योरेन्सले १ अर्ब ४१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।
यस्तै रिलायवल लाइफ इन्स्योरेन्सले १ अर्ब ८ करोड, गुराँश लाइफ इन्स्योरेन्सले ९४ करोड, ज्योति लाइफ इन्स्योरेन्सले ७४ करोड, सिटिजन्स लाइफले ७१ करोड, आईएमई लाइफले ५८ करोड, सन लाइफले ५६ करोड, रिलायन्स लाइफले ४३ करोड, सानिमा लाइफले ४० करोड, प्रभु लाइफले ३० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।
यसैगरी निर्जीवनमा शिखरपछि सगरमाथा इन्स्योरेन्सले १ अर्ब २४ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १६ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७ करोड, एनएलजी इन्स्योरेन्सले ९३ करोड, प्रिमियर इन्स्योरेन्सले ८५ करोड र प्रभु इन्स्योरेन्सले ८४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।
यसैगरी हिमालयन जनरलले ७० करोड, आईएमई जनरलले ६८ करोड, नेपाल इन्स्योरेन्स र लुम्बिनी जनरलले ६२ ६२ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले ६० करोड, ओरियन्टल इन्स्योरेन्सले ५९ करोड, नेसनल इन्स्योरेन्सले ४५ करोड, एभरेष्ट इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले ४१ ४१ करोड, युनाइटेड इन्स्योरेन्सले ३५ करोड, जनरल इन्स्योरेन्सले २९ र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १९ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन ।