साथीको आइडियाले खुलेको ‘क्याफे लुवाक’ 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १२, आइतबार ,१२:३८:PM  
साथीको आइडियाले खुलेको ‘क्याफे लुवाक’ 

काठमाडौं । सन्तोष भण्डारी र सुरज थापा दुबै सिन्धुपाल्चोकका लगौटे यार हुन् ।   सँगै एउटै कक्षाका सहपाठी पनि रहेका उनिहरु दुबैमा रोजगारी लागि विभिन्न ठाउँमा भौतारिनु भन्दा आफ्नै केहि गर्ने सोच सानै देखि थियो । सोहि सोच पुरा गर्ने धेयले दुबैजना एकैपटक काठमाडौ पनि आए ।

काठमाडौ त उत्रिए तर, गर्ने के ? दुबैजनाको मन र मस्तिस्क शुन्य थियो । यस्तैमा करिब करिब ३ वर्ष अघि पुराना साथीसँग जम्काभेट भयो । जो सँग पहिला देखी नै कफी सम्बन्धी राम्रो व्यवसायीक ज्ञान थियो । उहि साथीले काठमाडौंमा कफीसपको राम्रो व्यवसायीक सम्भावना भएको जानकारी दिदै क्याफे सञ्चालन गर्ने सुझाव पनि दिए ।  

कफीको बिषयमा खासै जानकारी नभएपनि साथीको सुझाव भने दुबैजनालाई उचित लाग्यो । सोहि कारण अब क्याफे खोल्ने भनेर काठमाडौंका उपयुक्त स्थानको खोजि गर्न थाले ।  दुबैजनाल्ई कालिकास्थानको सिल्भर सिटि अगाडीको ठाउँ चित्त बुझ्यो । त्यहि स्थानमा कफी सप सञ्चालन गर्दै नाम राखे ‘क्याफे लुवाक’ । 

उनिहरुले ‘क्याफे लुवाक’को बिशेषता बनाए नेपाली अग्र्यानिक कफी । दुई बर्ष अघि करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको क्याफेमा गुल्मी, स्याङ्जा, सिन्धुपाल्चोकमा उत्पादित कफीको स्वाद लिन पाइन्छ । त्यसो त नामचलेका क्यापाचिनो, अमेरिकानोसँगै आइस, लाटे, चकलेटलगायतका कफीहरु पनि यहाँ उपलब्ध छ । 

साथीको  सुझावमा थाहै नभएको बिजनेशमा हात हालेर पनि अहिले उनिहरु खुसी छन् । त्यसका लागि दुबै यूवाहरुले मिहिनेत पनि धेरै गरेका छन् । भण्डारी भन्छन्, ‘अहिले हामीले जुन सफलता हात पारिरहेका छौं, यो ठूलो संघर्ष पछि प्राप्त भएको हो ।’

 सिन्धुपाल्चोकबाट काठमाडौंमा आएका व्यवसाय गर्न जोस्सीएका उनीहरुलाई शुरुवावतमा सहजै कुनैपनि बैंकले पत्याएनन् । व्यवसाय सञ्चालनको राम्रो योजना हुदा हुदै पनि राजधानीमा जग्गा जमिन नभएकै कारण बैंकले लोन नपत्याउँदा अनुभव गर्नुपरेको हतास मनस्थिती बिसर्न सक्दैनन् ।

सहरले नपत्याएपछि गाउँको जग्गा सहकारीमा राखेर चर्को व्याजमा  ऋण लिएरै भए पनि कफी सप खोल्ने आँट भने गरे । सोहि आँटले अहिले सफलता पनि दिलाएको । कालिकास्थानमा पाएको सफलतालाई अब बिस्तार गर्ने योजनामा उनीहरु छन् । अर्को बर्ष नयाँ ठाउँमा शाखा बिस्तार गर्ने तयारी भइरहेको भन्डारीले बताए । 

धेरैको व्यवसायीको मिटिङ स्थल, युवाहरुको डेटिङ स्पोट तथा साथीभाईसँग गफिने जमघट सहरमा खुलेका कफी सप हुन थालेका छन् । सिल्भर सिटी अपार्टमेन्टको अगाडी खुलेको ‘क्याफे  लुवाक’ शान्त वातावरणमा मिठो कफि पिउन रुचाउने उद्योगी, व्यापारी, सेलिब्रेटि, विद्यार्थीहरुको रोजाईमा पर्न थालेको छ ।

 क्याफेमा कफि सँगै खाजाका परिकारहरु स्यान्डविज, पिजा, बर्गर, मम, र्याम्प, चप्सी, चिल्लीले धेरैको जिब्रोलाई लोभ्याएको छ । यस्तै फ्रेस जुसमा भर्जिन मजितो, फ्रेस लेमन, सोडा र लसीको स्वाद लिन पाइन्छ ।  

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी स्टार्टअप बाट थप

Top