पर्यटकको पर्खाइमा लुम्बिनी, (फोटोफिचर सहित)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १८, शनिबार,१२:३२:PM  
पर्यटकको पर्खाइमा लुम्बिनी, (फोटोफिचर सहित)

 भगवान गौतम बुद्धको पवित्र जन्मस्थल तथा नेपालको एक पर्यटकिय स्थल हो, लुम्बिनी ।  २५६२ वर्ष पहिले शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएकाले लुम्बिनी धार्मिक स्थलको रुपमा प्रसिद्ध रहेको छ । 

लुम्बिनीमा संसारभरीका बौद्धमार्गीलगायत शान्तिप्रेमीहरुको अध्ययन तथा विश्व शान्तिको उद्वगम स्थलको रुपमा स्थापित  भएको छ । लुम्बिनीलाई धार्मिक पर्यटक तथा भगवान गौतम बुद्ध जन्म स्थललाई संरक्षण गर्नको लागी सन् १९९७ देखि  विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ । लुम्बिनीमा  हरेक वर्ष संसारभरबाट लाखौं तिर्थालु पर्यटकहरु तथा अध्ययनकर्ताहरु भ्रमण गर्नको लागी आउने गर्छन् ।

भगवान गौतम बुद्धको जन्म स्थलमा रहेका मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको छ  । विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्व तथा प्राचीनता माथि प्रकाश पार्दछ ।

भगवान बुद्धकोजन्म दृश्य सहितको प्राचीन मायादेवी मूर्ति  मन्दिरभित्र अवस्थित छ । मायादेवी मन्दिरमा तेस्रो शताब्दी देखि सातौं शताब्दी सम्मका प्राचिन बस्तुहरु राखिएका छन ।

भगवान गौतम बुद्ध जन्मेको जन्मस्मारक शिला एक गहिरो कोठामा रहेको छ । जसले भगवान बुद्धको जन्म विन्दुलाई स्पष्ट देखाउँछ । मायादेवी मन्दिर परिसरको सघन उत्खनन् पश्चात् यो शिला सन् १९९६ मा पत्ता लागेको हो ।

यहाँका आकर्षक रुपमा मायादेवी मूर्ति, पवित्र पोखरी, अशोक स्तम्भ र विभिन्न छिमेकी राष्ट्रहरुद्धारा निर्माण गरिएका विहार, गुम्वा, तथा स्तुपाहरु रहेको छन् ।

 नेपाल सरकार तथा लुम्बिनी विकास परियोजना मार्फत लुम्बिनीको विकासका लागी योजना बनाए अगाडी बढेको छ । यो पवित्र स्थललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सके लुम्बिनी विश्वका लाखौं तिर्थालु भक्तजन तथा अध्ययनकर्ताको भ्रमण स्थल बन्न सक्ने थियो ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top