पूरै लाभकर तिरेपछि मात्र एनसेललाइ फ्रिक्वेन्सी दिन लेखा समितिको निर्देशन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ १९, आइतबार ,१२:५१:PM  
पूरै लाभकर तिरेपछि मात्र एनसेललाइ फ्रिक्वेन्सी दिन लेखा समितिको निर्देशन

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले पूरै लाभकर तिरेपछि मात्र एनसेललाइ फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । आइतबार बसेको संसदको बैठकले एनसेललाइ फ्रिक्वेन्सी दिन पूरै लाभकर तिर्नुपर्ने निर्देशन दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुस २ गते गरेको १८ सय ब्यान्डमा बाँकी १६ मेगाहर्जको फ्रिक्वेन्सी अक्सन मार्फत एनसेलले जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी पाउने प्रक्रिया अनिश्चित बनेकाे थियाे ।

याे पनि पढ्नुस, एनसेलले बोलकबोलमा जितेको फ्रिक्वेन्सी पाउने प्रक्रिया अझै अनिश्चित

यसअघि दुरसञ्चार प्राधिकरणलाइ समितिले अयोग्य कम्पनीलाई फ्रिक्वेन्सी अक्सनमा सहभागी गराएको भन्दै  सबै विवरण पेस गर्न निर्देशन दिएको थियो । 

गत पुस २ गते टेलिकम र एनसेलबीच भएको फ्रिक्वेन्सी बोलकबोलमा एनसेलले प्रति मेगाहर्ज ५ करोड ८० लाख रकम कबोल गर्दै फ्रिक्वेन्सी हात परेको थियो 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top