कांग्रेसको निष्कर्षः जग्गा फिर्ता गर्छु भनेर दाेषीले उन्मुक्ति पाउने नजिर बस्यो

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २३, बिहीबार,०४:५४:PM  
कांग्रेसको निष्कर्षः जग्गा फिर्ता गर्छु भनेर दाेषीले उन्मुक्ति पाउने नजिर बस्यो

काठमाडौं । नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा आफ्नालाइ जोगाउने र अन्य दलका नेतालाइ फसाउने बदनियत गरेको निष्कर्ष निकालेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदार सहित १७५ जना व्यक्तिविरुद्ध मुद्धा दायर गरेपछि कांगेसले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी ललिता निवास जग्गा खरिद प्रकरणमा तत्कालीन सिंगो मन्त्रीमण्डलको अध्यक्षता गर्ने प्रधानमन्त्रीलाइ मुद्धा दायर गर्न नपर्ने अख्तियारको ठहर राजनीतिक प्रभावमा केन्द्रीत रहेको बताए । उनले अनुसन्धान गर्ने निकायलाइ राजनीतिक पूर्वाग्रहका रुपमा अख्तियारलाइ प्रयोग गरिएको बताए । 

उनले भने, ‘ त्यतिवेलाको सिंगो मन्त्रीमण्डलले गरेको निर्णय हो । त्यो मन्त्रिमन्डलको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्रीले संलग्नता हुँदा पनि त्यतिवेलाका मन्त्री मात्रै दोषी ठहर गर्नु बदनियत देखिन्छ ।’  अहिलेको सरकारले जग्गा फिर्ता गर्छु भनेपछि उन्मुक्ति पाउने नेपालले अचम्मको नजिर बसालेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top