ग्लोबल आईएमई बैंकको नाफा ७३.८४ प्रतिशत बढ्यो, ६ महिनामा २१३ करोड 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २६, आइतबार ,०८:१७:AM  
ग्लोबल आईएमई बैंकको नाफा ७३.८४ प्रतिशत बढ्यो, ६ महिनामा २१३ करोड 

काठमाडौं । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आईएमई बैंकको खुदनाफा ह्वातै बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा ग्लोबल आईएमईले ७३.८४ प्रतिशत बढाएको छ ।

पुससम्म बैंकले २ अर्ब १३ करोड करोड ७२ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।६ महिनामा जनताले गरेको ४५ करोड १३ लाख रुपैयाँ नाफा थप भएपछि ग्लोबलको नाफा ह्वातै बढेको हो । 

जनता बैंकलाई मर्ज गराएपछि ग्लोबलको नाफा ९० करोड ७८ लाख रुपैयाँ बढेको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब २० करोड ८५ लाख रुपैयाँ लाभांश बाड्न सक्ने छ । 

समीक्षा अवधिमा बैंकले ४१ करोड ३९ लाख रुपैयाँ पुरानो कर्जा असुली गरेको छ । बैंकको निष्क्रिय कर्जा १.२० प्रतिशत छ । ६ महिनामा बैंकले ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो । 

प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा छ । बैंकको निक्षेप लागत ६.७९, सीसीडी ७८.९८, आधारदर ९.६४ र स्प्रेड ५.३१ प्रतिशत छ । बैंकका सञ्चित कोषको आकार बढेर ७ अर्ब ४८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । 

ग्लोबलले १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top