एनसेललाई ९ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २७, साेमबार,०६:०१:PM  
एनसेललाई ९ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय

काठमाडौं । एनसेललाई गत पुस २ गते जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।

गत हप्ता लेखा समितिले सबै लाभकर बुझाएपछि मात्र फ्रिक्वेन्सी दिन निर्देशन दिएपनि प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त फ्रिक्वेन्सी दिने निर्णय गरेको  प्राधिकणका एक अधिकारीले बताए ।

याे पनि पढ्नुस, ठूला करदाता कार्यालयको निर्णय पर्खिदै दूरसञ्चार प्राधिकरण, बेवास्ता गर्दा फ्रिक्वेन्सी प्रक्रिया अन्योलमा

उनका अनुसार ठूला करदाता कार्यालयले किस्ता बन्दी सुविधाको स्विकृति नदिएपछि   पुरै लाभकार नबुझाइ फ्रिक्वेन्सी दिने निर्णय भएको हो । एनसेललाई उक्त १८ सय व्यान्ड अन्तर्गतको १६ मेगाहर्ज फ्रिक्वेन्सीको अक्सन प्रतिमेगार्हज ५ करोड ८० लाख कबोल गर्दै फ्रिक्वेन्सी आफ्नो हातमा परेको थियो । हाल विभिन्न शर्त सहित एनसेलले अन्ततः फ्रिक्वेन्सी पाएको हो ।

याे पनि पढ्नुस, एनसेलले बोलकबोलमा जितेको फ्रिक्वेन्सी पाउँने प्रक्रिया अझै अनिश्चित

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top