निजी क्षेत्रका सान, राष्ट्रद्वारा सम्मान, अर्थतन्त्रमा कसको योगदान कति ? सीआईपीबाट सम्मानित हुने व्यवसायीले यस्तो पाउँछन् सुविधा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २८, मङ्गलबार,०२:५५:PM  
निजी क्षेत्रका सान, राष्ट्रद्वारा सम्मान, अर्थतन्त्रमा कसको योगदान कति ? सीआईपीबाट सम्मानित हुने व्यवसायीले यस्तो पाउँछन् सुविधा

काठमाडौं । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने २५ व्यवसायीलाई सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मान गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २५ जना व्यवसायीलाई सीआईपी अवार्डबाट सम्मान गरेका हुन् । निर्याततर्फ त्रिवेणी स्पिनिङ मिल्स प्रालिका अध्यक्ष रामचन्द्र साङ्घाईलाई अवार्ड प्रदान गरिएको छ ।

त्रिवेणीले तेस्रो मुलुकतर्फ ३ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको धागो निकासी गरेको थियो । साङ्घाईको कम्पनी तेस्रो मुलुकतर्फ निकासी गर्नेमा पहिलो नम्बरमा परेको छ । 

दि साँग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डष्ट्रि प्रालिका प्रबन्ध सञ्चालक दोर्जेग्याल्सेन लामा पनि सम्मानित भएका छन् । उनले ९४ करोड १७ लाख रुपैयाँ बराबरको उनी गलैँचा निर्यात गरेको थिए । 

काठमाडौं स्टार फेसन हात्तीवनका प्रबन्ध निर्देशक राहुलमान शाक्यलाई पनि सम्मान गरिएको छ । उनी पनि सोही विधा अनुसार सम्मानित भएका हुन् । उनले  ८२ करोड ८७ लाख रुपैयाँ बराबरको तयारी पोशाक निर्यात गरेका हुन् । 

एभरेष्ट पश्मिना निटिङ एण्ड वेभिङ इन्डष्ट्रिज गोदावरीका अध्यक्ष सूर्यकुमार गुरुङले ४८ करोड १४ लाख रुपैयाँ बराबरको ऊनी तथा पश्मिना सल निर्यात गरेबापत सम्मानित गरिएको हो । 

एभरेष्ट फेशन, खुमलटार, ललितपुरका प्रोपाइटर रविन श्रेष्ठ सिन्या पनि सीआईपी अवार्डबाट सम्मानित भएका छन् । उनले ६९ करोड ७१ लाख बराबरको ऊनी फेल्टका उत्पादन निर्यात गरेका थिए । 

तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थानमा रहेका प्रथम ५ वस्तुहरूको सबैभन्दा बढी वस्तु निकासी गर्ने निर्यातकर्ता÷उद्योगी विधा अन्तर्गत उनीहरुलाई सम्मान गरिएको हो । 

त्यसैगरी, डावर नेपालका विजनेश हेड हरिकिरत सिंह बेदीलाई पनि सम्मान गरिएको छ । डाबरले १२ अर्ब ७० करोड ६७ लाख रुपैयाँ बराबरको निकासी गरेको थियो । 

आरती स्ट्रिप, विराटनगर, मोरङका महाप्रवन्धक दिव्यराज सापकोटा पनि सीआईपी अवार्डबाट सम्मानित भएका छन् । आरतीले ५ अर्ब ३ करोड ३५ लाख रुपैयाँ बराबरको जस्तापाता निकासी गरेको थियो । 

हुलास वायरका निर्देशक युक्ति गोल्छा पनि सम्मानित भएकी छने । हुलास वायरल ४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ बराबरको निकासी गरेको थियो । 

न्यू हस्तकला एक्सपोर्ट, बौद्ध, काठमाडौंका प्रोप्राइटर पेम्बा दोर्जे शेर्पा सम्मानित भएका छन् । न्यू हस्तकला एक्सपोर्टले ४३ करोड ६० लाख बराबरको निकासी गरेको थियो । 

गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट, ठमेलका व्यवस्थापक विश्वराज बस्नेत पनि सम्मानित भएका छन् । उनले ३९ करोड ३३ लाख रुपैयाँ बराबरको सामान विदेशमा निकासी गरेका थिए । 

न्यू प्यागोडा ईन्टरप्राइजेज, टोखा, काठमाडौंका प्रोपाइटर मछिन्द्र पाण्डेले २२ करोड ४२ लाख बराबरको सामान निकासी गरेबापत सम्मानित भएका छन् ।
 
उनीहरुलाई चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो  र तेश्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता÷उद्योगी विधा अन्तर्गत सम्मानित गरिएको हो । 

पिपुल्स क्राफ्ट एक्सपोर्ट, बानियाटार, काठमाडौंका प्रोपाइटर गोपीप्रसाद कँडेल पनि सीआईपीबाट सम्मानित भएका छन् । उनको कम्पनीले  १७ करोड ३७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । 

उनलाई नेपालको मौलिक सीप, कला  र संस्कृति झल्किने हस्तकलाका वस्तुहरुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ता विधा अन्तर्गत सम्मान प्रदान गरिएको हो । 

मनराम हिमालयन ह्याण्डीक्राफ्टस, बालुवाटारका प्रवन्ध सञ्चालक सुजनकुमार श्रेष्ठले ८३ करोड ८४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेबापत सम्मान गरिएको छ । 

सिजी बायोटेक, सानेपा, ललितपुरका अध्यक्ष निर्वाणकुमार चौधरीलाई पनि सीआईपी अवार्ड प्रदान गरिएको छ । सीजीले ३१ करोड ८५ लाख बराबरको समान निकासी गरेबापत उनलाई सम्मान गरिएको हो । 

वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७३ ले प्राथमिकतामा राखेका निर्यात सम्भावनायुक्त वस्तु मध्ये जडीबुटी वस्तुहरुको सबैभन्दा बढी निर्यात गर्ने विधा अन्तर्गत उनीहरु सम्मानित भएका हुन् । 

हुलास वायर्स इण्डस्ट्रिज, विराटनगर, मोरङका प्रबन्ध निर्देशक राजलक्ष्मी गोल्छालाई पनि सम्मान गरिएको छ । हुलासले ४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेबापत उनलाई सम्मान गरिएको हो । कूल रकमको आधारमा सबैभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता विधा अन्तर्गत गोल्छालाई सम्मान गरिएको हो । 

सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता एल आइ एस नेपाल, मानभवन, ललितपुरका कार्यकारी निर्देशक दीपेश प्रधानलाई पनि सम्मानित गरिएको छ । उनले १९ करोड ८१ लाख रुपैयाँ बराबरको निकासी गरेका छन् । 

उद्योग स्थापना भई सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने) उत्पादन मूलक उद्योगका उत्कृष्ट व्यवसायीमा होङ्सी सिमेन्ट परेको छ । उक्त सिमेन्टले. १० अर्ब ७१ करोड रुपैयाँ बराबरको लगानी भित्र्याएको हो । होङ्सी सिमेन्टका प्रबन्ध निर्देशक लिऊ शु कुवाङ सम्मानित भएका हुन् । 

सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्योगी÷व्यवसायीमा पवन गोल्यान परेका छन् । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, कमलादी, काठमाडौंकाले सबै भन्दा बढी रोजगारी सिर्जना गरेकाले उद्योगी तथा अध्यक्ष तथा प्रवन्ध सञ्चालक गोल्यानलाई सीआईपी अवार्ड प्रदान गरिएको हो । 

बैंकिङ्ग प्रणाली मार्फत रेमिट्यान्सको कारोबार गरी सबैभन्दा बढी  वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी÷व्यवसायी चन्द्रप्रसाद ढकाललाई पनि सीआईपी अवार्ड प्रदान गरिएको छ । आईएमई लिमिटेडका अध्यक्ष ढकालले २ खर्ब ६१ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ बराबरको विप्रेषण भित्र्याएका थिए । 

पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायी सुरेशलाल श्रेष्ठ पनि सीआईपीबाट सम्मानित भएका छन् । तारागाऊँ रिजेन्सी होटलका प्रवन्ध सञ्चालक श्रेष्ठले १ अर्ब ३ करोड २५ लाख रुपैयाँ बराबरको योगदान दिएका थिए । 

युवा उद्यमी÷व्यवसायीहरु मध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने महिला सुनिता शेर्पा परेकी छन् । फेल्ट एण्ड यार्न, नयाँ बजार, काठमाडौंकी प्रबन्ध निर्देशक शेर्पाले ८ करोड ८८ लाख रुपैयाँ बराबरको निर्यात गरेबापत सीआईपीबाट सम्मानित गरिएको हो । 

युवा उद्यमी÷व्यवसायीहरु मध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने पुरुषमा परेका छन्, अक्षय गोल्यान । रिलायन्स स्पिनीङ मिल्सका सञ्चालक गोल्यानले ८ अर्ब ७ करोड रुपैयाँ बराबरको वस्तु निकासी गरेका थिए । 

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्याएका व्यवसायीका प्रतिनिधिमुलुक संघ÷संस्था का अध्यक्ष (मानार्थ) लाई सम्मान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्दराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको छ । 

सीआईपीबाट सम्मानित हुने यस्तो सुविधा पाउँछन् 

—त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको सीआईपी लाउन्च र नेपालका अन्य विमास्थलमा रहेको विशिष्ट व्यक्तिहरुका लागि व्यवस्था गरिएको भीइआपी लाउन्च प्रयोगको सुविधा ।

—सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका समारोह तथा कार्यक्रमहरुमा प्राथमिकताका साथ आमन्त्रण तथा आसनको विशेष व्यवस्था ।

—विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको सहभागीतामा प्रतिनिधित्व
गर्न प्राथमिकता 

–सार्क क्षेत्रको भ्रमणका लागि सार्क भिषा उपलव्ध गराउन सिफारीस 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top