नेपालको हवाई भाडा नै महँगो, हानका प्रथम उपाध्यक्ष विनायक शाहकाे विचार

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २९, बुधबार,०७:००:AM  
नेपालको हवाई भाडा नै महँगो, हानका प्रथम उपाध्यक्ष विनायक शाहकाे विचार

नेपाल आउने पर्यटकले गर्ने ६० प्रतिशत खर्च हवाई भाडामा जाने गरेको छ । बा“की ४० प्रतिशत यहाँ आएर खर्च गर्ने गर्छन् । यस्तो अवस्थामा नेपालले के पाउँछ ? ४० प्रतिशतभित्रै खाने, बस्ने र घुम्नेमा खर्च गर्नुपर्छ ।

तर, पर्यटक प्रधान भएको मुलुकमा ठीक उल्टो हुन्छ । ती मुलुकमा ३० देखि ४० प्रतिशत एयर फेयरमा खर्च हुन्छ र बाँकी रकम घुमघाममा खर्च गर्छन् । नेपालमा आउँदा नै हवाई भाडामा ६० प्रतिशतभन्दा बढी खर्च गरेपछि यहाँ के खर्च गर्ने त ?

एयरलाइन्सहरुले कुनै सुविधा दिने घोषणा गरेका छैनन् । पर्यटक आउने पहिलो माध्यम त एयरलाइन्स नै हो । उनीहरुले पनि पर्यटकलाई केही सुविधा दिनुपर्ने हो नि । यसमा सरकारका मन्त्रीहरुले पनि केही बोलेको देखिँदैन ।

हवाई भाडा बढ्नुमा इन्धनको मूल्यवृद्धिसँगै एयरलाइन्सहरुको पनि मनोपलीको कारण हो । उदाहरणका लागि, अहिले एयर चाइनाको हवाई भाडा हेर्ने हो भने १ लाखभन्दा बढी छ तर त्यही अनलाइनमार्फत बुकिङ गर्ने हो भने ३८ देखि ४० हजारमा पाइन्छ । अप्रेटरहरुले मनलाग्दी भाडा लिने गरेका छन् ।

नेपालबाट चीनमा जाने विकल्प त अरु केही छैन । अनलाइनमार्फत बुकिङ गर्ने सबैको क्षमता पनि हँदैन । ट्राभल एजेन्सीमार्फत टिकट बुकिङ गर्दा महँगो पर्ने गरेको हो । यसलाई हाम्रो सरकारले नियन्त्रण गर्न कुनै ध्यान दिएको पाइँदैन । 

यस्तै, दिल्लीको टिकट दर ३८ देखि ४० हजारसम्म लिने गरेका छन् । उनीहरुले मनलाग्दी भाडा लिने गरेका छन् । यसरी खुलेआम रुपमा भाडालाई तलमाथि गर्दा पनि कसैले आवाज उठाएको पाइँदैन । भ्रमण वर्षलाई लक्षित गरी होटलसहित विभिन्न पर्यटन क्षेत्रसम्बन्धी क्रियाशील संघसंस्थाले छूटको अफर ल्याएका छन् ।

तर, एयरलाइन्सहरुले कुनै सुविधा दिने घोषणा गरेका छैनन् । पर्यटक आउने पहिलो माध्यम त एयरलाइन्स नै हो । उनीहरुले पनि पर्यटकलाई केही सुविधा दिनुपर्ने हो नि । यसमा सरकारका मन्त्रीहरुले पनि केही बोलेको देखिँदैन ।

चीनको च्छेन्दुबाट नेपाल आउँदा करिब ७० हजार रुपैयाँ पर्छ तर त्यहीबाट बैंकक जानुपरे होटल र जहाज भाडासहित ६० हजारभन्दा कममा पाउँछन्– त्यसमा पनि ३ रात ४ दिनको लागि । उनीहरुलाई यस किसिमको प्याकेज नै दिने गर्छन् । भारतमा पनि  पैसा धेरै हुनेहरु युरोप जान्छन् भने मध्यम वर्गीय मलेसिया, सिंगापुर र थाइल्यान्ड जाने गर्छन् ।

अप्रेटरहरुले विभिन्न एयरलाइन्सका टिकट पहिला नै होल्ड गराउने गरेका छन्, जसको कारण तत्कालै कुनै देशको लागि टिकट चाहियो भने पाउन सकि“दैन । ठूल्ठूला एयरलाइन्सले बिजनेश होस् या नहोस्, १५ दिनका लागि टिकट बुक गरिसकेका हुन्छन ।

एयरलाइन्सको टिकट ७ दिनभित्र रद्ध गराउन पाउँछन् । त्यो बेला एजेन्सीभन्दा बाहिरबाट जानेहरुले टिकट पाउन सक्दैनन् । यस्ता समस्याले पनि नेपालमा धेरै पर्यटकलाई ल्याउन समस्या भएको छ । 

चीनको च्छेन्दुबाट नेपाल आउँदा करिब ७० हजार रुपैयाँ पर्छ तर त्यहीबाट बैंकक जानुपरे होटल र जहाज भाडासहित ६० हजारभन्दा कममा पाउँछन्– त्यसमा पनि ३ रात ४ दिनको लागि । उनीहरुलाई यस किसिमको प्याकेज नै दिने गर्छन् । भारतमा पनि  पैसा धेरै हुनेहरु युरोप जान्छन् भने मध्यम वर्गीय मलेसिया, सिंगापुर र थाइल्यान्ड जाने गर्छन् ।

यस विषयमा हाम्रो सरकार केही चनाखो हुन आवश्यक छ । एयरलाइन्सको आफ्नो जुन स्ट्यान्डर्ड हुन्छ, त्यो नेपाल आउ“दा पाउ“दैनन् । त्यस एयरलाइन्समार्फत आउने पर्यटकले नेपालको अध्यागमनमा त्यस किसिमको कुनै सुविधा पाउ“दैन । एकदेखि सवा घन्टासम्म त भिसा लिनै समय लाग्छ ।  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी विचार बाट थप

Top