धेरै नाफा बढाउनेमा ग्लोबल आईएमई बैंक, पछ्याउँदै एनएमबी र एनआईसी एसिया 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २९, बुधबार,१०:१५:AM  
धेरै नाफा बढाउनेमा ग्लोबल आईएमई बैंक, पछ्याउँदै एनएमबी र एनआईसी एसिया 

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा धेरै बढाउनेमा ग्लोबल आईएमई बैंक भएको छ । जनता बैंकलाई मर्ज गरेपछि ग्लोबल आईएमईको खुदनाफा ह्वातै बढेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा ग्लोबल आईएमईले ७३.८४ प्रतिशत खुदनाफा बढाएको छ ।

पुससम्म बैंकले २ अर्ब १३ करोड करोड ७२ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

६ महिनामा जनताले गरेको ४५ करोड १३ लाख रुपैयाँ नाफा थप भएपछि ग्लोबलको नाफा ह्वातै बढेको हो । जनता बैंकलाई मर्ज गराएपछि ग्लोबलको नाफा ९० करोड ७८ लाख रुपैयाँ बढेको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब २० करोड ८५ लाख रुपैयाँ लाभांश बाड्न सक्ने छ । स्प्रेड कम भएको र आम्दानी खुम्चिएको बताइरहेका बेला केही बैंकहरुले राम्रो नाफा गरेका छन । 

ग्लोबल आईएमईपछि नाफा बढाउनेमा एनएमबी बैंक भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा एनएमबीले खुदनाफा ४७.४० प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको पुससम्म बैंकले १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले ५२ करोड ६१ लाख रुपैयाँ खुदनाफा बढाएको छ । 

६ महिनामा बढेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ११ करोड ६५ लाख रुपैयाँ लाभांश बाँड्ने देखिएको छ । ब्याज आम्दानी र स्प्रेडले गर्दा बैंकले नाफा बढाएको हो । यस्तै एनआईसी एसिया बैंकको चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ३३.३९ प्रतिशत बढेको छ । पुससम्म बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । ६ महिनामा उसको नाफा ५० करोड ४७ लाख रुपैयाँ बढेको छ । 

मेगा बैंकले नाफा ३० प्रतिशत बढाएको छ । पुससम्म ६ महिनाको अवधिमा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकले ७३ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले २१ करोड ८१ लाख रुपैयाँ नाफा बढाएको छ । सो नाफाबाट बैंकले सेयरधनीलाई ६२ करोड ६९ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । 

सेञ्चुरी कमर्शियल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा २५.५३ प्रतिशत बढेको छ । पुससम्म बैंकले ६५ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले १३ करोड २१ लाख रुपैयाँ नाफा बढाएको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ४२ करोड ३० लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । 

हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा २७.४५ प्रतिशत बढाएको छ । बैंकले पुससम्म ६ महिनाको अवधिमा १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३७ करोड ५३ लाख रुपैयाँ नाफा बढेको छ । 

६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ९२ करोड ९२ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा २२.८० प्रतिशत बढाएको छ । बैंकले दोस्रो त्रैमाशमा १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा नाफा २९ करोड ३६ लाख रुपैयाँ बढेको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब १४ करोड ८३ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । 

प्राइम कमर्शिय बैंकले नाफा २२.६१ प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा २४ करोड रुपैयाँ बढेको उल्लेख गरेको छ । ६ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई ८६ करोड ५९ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ ।

कुमारी बैंकले चालु आर्थिक वर्षमा १८.७४ प्रतिशत नाफा बढाएको छ । पुससम्म ६ महिनामा बैंकले ८० करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ ।अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६७ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले यो वर्ष १२ करोड ६७ लाख रुपैयाँ नाफा बढाएको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ६५ करोड ८५ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने छ । 

लक्ष्मी बैंकले नाफा बढाएको छ । पुससम्म बैंकले ९० करोड ३० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७२ करोड ३७ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले १८ करोड रुपैयाँ नाफा बढाएको छ । ६ महिनामा गरेको नाफाबाट बैंकले ५९ करोड रुपैयाँ नाफा वितरण गर्न सक्ने देखिएको छ ।

सानिमा बैंकले नाफा १६.८४ प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनामा गरेको नाफाबाट बैंकले सेयरधनीलाई ९५ करोड रुपैयाँ लाभांश बाड्न सक्ने देखिएको छ । 

 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top