हिमालयन बैंकको संस्थापक सेयर सीडीसीमा हस्तान्तरण गर्न खुल्यो बाटो 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ माघ २९, बुधबार,०८:११:PM  
हिमालयन बैंकको संस्थापक सेयर सीडीसीमा हस्तान्तरण गर्न खुल्यो बाटो 

काठमाडौं । पाकिस्तानको हबिव बैंकबाट बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी ग्रुप) मा हिमालयन बैंकको संस्थापक सेयर हस्तान्तरणको बाटो खुलेको छ ।

हिमालयनले २७ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेकाले सीडीसीलाई प्रवेश गर्न बाटो खुलेको हो । सेयर हस्तान्तरण नभएकाले यो वर्षको लाभांश पाकिस्तानको हविव बैंकले लैजाने भएको छ । साधारणसभा सकिएकाले सीडीसीलाई हिमालयनमा आउने बाटो खुलेको नवनिर्वाचित अध्यक्ष तुलसी गौतमले बताए ।

हिमालयनको चलअचल सम्पत्ति दायित्व मूल्याँकन  (डीडीए) को काम सकिएको छ । हबिवले सीडीसीसँग प्रतिकित्ता २.५२ अमेरिकी डलर अर्थात हालको प्रचलित मूल्यअनुसार २८० रुपैयाँमा खरिदबिक्रीको सहमति गरिसकेको छ । 

हबिव र सीडीसीबीच हिमालयनको २० प्रतिशत स्वामित्व छ । सहमतिअनुसार सीडीसीले हिमालयनमा रहेको हबिबको १ करोड ७० लाख ४० हजार ५११ कित्ता सेयर किन्ने सहमति गरेको छ । बोनस सेयर वितरणपछि सेयर संख्या १० प्रतिशत थप हुने छ ।

वेलायतको सीडीसीले हबिवको संस्थापक स्वामित्व खरिद गरेर औपचारिक रुपमा नेपालको वित्तीय क्षेत्रमा प्रवेश गर्न लागेको हो । 

सीडीसीमा स्वामित्व हस्तान्तरणपछि बैंकसंग मर्जरमा जान बाटो पनि खुल्ने छ । स्वामित्व हस्तान्तरणको प्रक्रियामा रहेकाले मर्जरमा नजान नेपाल राष्ट्र बैंकले हिमालयनलाई निर्देशन दिएको थियो ।

सीसीडीले सेयर किनेपछि मात्र मर्जरमा जानका लागि छलफल अघि बढ्ने भएको छ ।बोनस सेयरको वितरणपछि हिमालयनको चुक्तापूँजी ९ अर्ब ३७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकसंग मर्जरमा जानका लागि छलफल भइरहेको छ । निवर्तमान अध्यक्ष मनोजबहादुर श्रेष्ठका कारण मर्जर प्रक्रिया अवरुद्ध हुँदै आएको छ । बैंकमा नयाँ साझेदारको प्रवेश र नयाँ अध्यक्ष चयन भएकाले प्रक्रिया अघि बढाउन मार्ग प्रसस्त भएको छ ।

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top