रसुवागढी आयोजनाको काम असारमा सकिंदै, वार्षिक ३२५ करोड आम्दानी गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,११:२६:AM  
रसुवागढी आयोजनाको काम असारमा सकिंदै, वार्षिक ३२५ करोड आम्दानी गर्ने 

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने भएको छ । १११ मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट उत्पादन हुने ६१ करोड ३८ लाख ७५ हजार युनिट नेपाल विद्युत प्राधिकरणलाई बिक्रि गरी यो रकम आम्दानी गर्ने भएको हो । 

रसुवामा निर्माणधिन आयोजनाबाट आगामी असारदेखि बिजुली उत्पादन गर्ने लक्ष्य छ । हालसम्म ७५ प्रतिशत काम सकिएको कम्पनीले  जनाएको छ । आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याज बाहेक १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ छ ।  

कम्पनीको ४ अर्ब ३९ करोड रुपैयाँ दीधकालिन ऋण रहेको छ । कर्मचारी सञ्चय कोषले आयोजनामा ऋण लगानी गरेको हो । ऋणको ब्याज १०.७५ प्रतिशत छ । प्रत्येक ३ महिनामा ब्याजको साँवामा पुँजीकरण हुने गरेको छ । 

जनताको जलविद्युत अन्तरगत रहेको रसुवागढीमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । हालसम्म २ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिसकेको छ । बाँकी १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्न बाँकी छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top