मेलम्चीको पानी असारसम्म सुन्दरीजल ल्याउने घोषणा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०५:२२:PM  
मेलम्चीको पानी असारसम्म सुन्दरीजल ल्याउने घोषणा

काठमाडौं । सरकारले असारसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको छ । बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे श्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेकी हुन् ।

त्यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने भनिएको छ ।
मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले काम समयमा भए नभएको बारे मन्त्रालय र समितिले अनुगमन गरिरहेको बताए ।

‘बेलाबेलामा देखिएका विभिन्न समस्या तथा ठेक्का सम्झौता रद्द गर्नुपर्ने बाध्यताले निर्माणमा धेरै ढिला भयो’ उनले भने, ‘आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिए ।’

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top