रामेछाप र ओखलढुङगाको वन प्रयोग गर्न लिखु आयोजनालाई अनुमति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०५:३५:PM  
रामेछाप र ओखलढुङगाको वन प्रयोग गर्न लिखु आयोजनालाई अनुमति

काठमाडौं । सरकारले तल्लो लिखु जलविद्युत आयोजना निर्माणको लागि रामेछाप र ओखलढुङगाको  वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ । 

आयोजनाको इन्टेक पावरहाउस सर्जसाफ्ट र पेनस्टकलगायतका स्थायी संरचना बनाउन रामेछाप र ओखलढुंगा जिल्लामा पर्ने वन क्षेत्र प्रयोग गर्न माघ २७ र २८ गतेको मन्त्रिपरिषद् बैठकले  स्वीकृति दिने निर्णय गरेको हो । 

रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ मा रहेको सिपुपाखा, रातमाटा सामुदायिक वनहरु समेतको ०.७१ हेक्टर र ओखलढुंगाको लिखु गाउँपालिकामा पर्ने ०.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

 रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माणाधीन २८.१ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण भइरहेको छ । भने आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top