म रवर स्ट्याम्प अध्यक्ष हुन महासङ्घ आउन लागेको होईन : वेटिङ प्रेसिडेन्ट गोल्छा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार,०७:५१:PM  
म रवर स्ट्याम्प अध्यक्ष हुन महासङ्घ आउन लागेको होईन : वेटिङ प्रेसिडेन्ट गोल्छा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घका वेटिङ प्रेसिडेन्ट तथा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफु रवर स्ट्याम्प अध्यक्ष  नबन्ने बताएका छन् । 

महासङ्घका केही पूर्व अध्यक्षहरूले अध्यक्ष बाहेक सबै पदाधिकारी आफुले चाहेअनुसार ल्याउने र मलाई उनीहरूले भनेअनुसार गर्न लगाउने खेलमा लागेको भन्दै गोल्छाले त्यस्तो दुस्साहस नगर्न चेतावनी दिए । 

महासङ्घका सदस्यको भोट लिएर जितेको र मेरै कार्यकालमा महासङ्घलाई नयाँ उचाईका पुर्याउने गोल्छाले बताए । महसङ्घको गिर्दो शाख र सदस्यको हित गर्नका लागि टिमको आवश्यकता पर्ने र त्यसका लागि आफु विराटनगर आएको समेत उनले जानकारी दिए। 

महासङ्घमा सुदृढीकरण र सुद्धिकरण दुबै आवश्यक रहेको र त्यसलाई पूरा गर्न आफुले चाहेअनुसार टिम चाहिएको बताए । 
महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आन्तरिक किचलोबाट महासङ्घ गुज्रिएको र त्यसलाई मुक्त गर्न सक्षम टिम छान्न सम्पुर्ण सदस्यलाई आग्रह गरे । 

महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले जिल्लाका साथिहरू आफना सदस्यबाट भोट पाएर जिते पनि  केही व्यक्तिको धम्कीबाट डराईरहेको बताए ।  अब किन डराउनु हुन्छ ? तपाईंहरु एउटा व्यक्तिसँग डराउनुहुन्छ भने महासङ्घले कसरी गति लिन्छ ? उनको प्रश्न थियो। 

 महासङ्घका अर्का पूर्व अध्यक्ष विनोदबहादुर श्रेष्ठले महासङ्घलाई व्यक्तिको कमाउ धन्दाले सिध्याउने बेला आएको बताए । व्यवसायीको हित भन्दा पनि आफनो स्वार्थमा महासङ्घलाई प्रयोग भइरहेको जिकिर गर्दै उनले यस्तो प्रवृत्तिलाई रोक्न सबै सदस्यले ध्यान दिनुपर्ने श्रेष्ठले जोड दिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top