सिभिल बैंकको १०८ औं शाखा कलैयामा 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २, शुक्रबार,११:२९:AM  
सिभिल बैंकको १०८ औं शाखा कलैयामा 

काठमाडौं । सिभिल बैंकले बारा जिल्लाको कलैयामा शाखा संचालनमा ल्याएको छ ।   एक कार्यक्रमका बीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा सिभिल बैंकको कलैया शाखाको समुद्घाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सि.सि.टि.भि.क्यामेरा सहयोग गरेको छ । 

 कार्यक्रमका प्रमुख अतिथि तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले आफुलाई आवश्यक पर्ने  पुँजीको लागि बैंकबाट कर्जा लिन तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न स्थानियलाई आग्रह गरे । 

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढि़माइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा प्रशस्त अवसरहरु आफुले देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंगसेवा तथा सुविधाहरु प्रदान गर्ने बताए । 

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेको  ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं २ मा शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०८ पुगेकोे पनि बैंकले जनाएको छ ।

 

    


    
  

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी कर्पोरेट बजार बाट थप

Top