ताहाचल र विभागका कर्मचारी फेरबदल गर्ने तयारीमा महानिर्देशक दाहाल

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २, शुक्रबार,१२:०८:PM  
ताहाचल र विभागका कर्मचारी फेरबदल गर्ने तयारीमा महानिर्देशक दाहाल

काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले श्रम कार्यालय ताहचल र विभागका कर्मचारीहरुलाई फेरबदल गर्ने तयारी गरिरहेका छन् । 

दुई कार्यालयका कर्मचारीहरु लामो समयसम्म एकै ठाउँमा रहदा काममा चुस्त नआएको गुनासो बढिरहेको बेला महानिर्देशक दाहालले भने कर्मचारी फेरबदलको तयारी गरेका हुन ।

विभाग मातहतमै रहेको श्रम कार्यालय ताहचलबाट अन्तिम श्रम स्वीकृती दिने काम गरिन्छ । त्यहि श्रम स्वीकृती दिने बेला कर्मचारीहरुले सेवाग्राहीबाट पैसा लिने,काम सुस्त गरिदिने लगाएतका गुनासोहरु लामो समयदेखी पर्दै आएको छ ।

‘म सुन्य सहनसिलतामा काम गर्छु,महानिर्देशक दाहालले भने,गल्ती गर्नेलाई छोड्दिन,केहि गुनासाहरु आएका छन्,त्यसको अध्ययन गरिरहेको छु । दुवै कार्यालयका कर्मचारीहरु कुन कुनलाई सरुवा गर्ने भन्ने विषयमा आन्तरिक गृहकार्य गरिरहेकोले मन्त्रालयसँग समन्वय गरेर केहि दिन भित्रै निर्णयमा जाने उनले बताए ।

याे पनि पढ्नुहाेस्

घरभाडामा घरबेटी आतंक

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top