प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले झार उखेलिन्न : श्रम मन्त्रालय 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २, शुक्रबार,०१:५४:PM  
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले झार उखेलिन्न : श्रम मन्त्रालय 

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट यो वर्ष झार उखेल्न खर्च नहुने श्रम रोजगार तथा सामाजिक सुरषा मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका सहसचिव सुमन घिमिरेले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम पुर्वधार विकासमा खर्च हुने बताएका छन्।

गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले मकै गोडेको, झार उखेल्नेलगायतका काममा खर्च गरेपछि चौतर्फि बिरोध भएको थियो ।

त्यही भएर यो वर्ष कुनै विवाद नहोस भनेर मन्त्रालयले २४ परियोजनामा खर्च गर्ने गरि ६ सय २३ स्थानीय तहमा बजेट बिनियोजन गरेको जनाएको छ ।

मन्त्रालयले स्थानीय तहलाई नयाँ कार्यबिधि बनाएर २ अर्ब रुपैया बिनियोजन गरिएको सहसचिव घिमिरेले जानकारी दिए । यो वर्ष ५३ हजार जनाले बेरोजगारको फारम भरेको उल्लेख छ ।

बेरोजगारको सुचि समेतको आधारमा मुल्यांकन गरि न्युनतम १० लाख देखि अधिमतम ७५ लाखसम्म बजेट पठाएको मन्त्रालयको भनाइ छ ।

यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सरकारले ४ अर्व ८२ करोड ३२ लाख बजेट बिनियोजन गरेको छ । सो मध्ये २ अर्ब ६२ करोड विश्व वैक बाट रिण सहयोग प्राप्त हुने र २ अर्ब २० करोड ३२ लाख सरकारको आन्तरिक श्रोतबाट व्यहोर्ने छ । 

यो वर्ष सरकारले ६० हजार जनालाई १ सय जनालाई रोजगार दिने लक्ष्य लिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top