ललिता निवास जग्गा प्रकरणमा थप ७ जना विरुद्ध उपस्थित हुन विशेष अदालतद्धारा म्याद जारी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २, शुक्रबार,०५:५५:PM  
ललिता निवास जग्गा प्रकरणमा थप ७ जना विरुद्ध उपस्थित हुन विशेष अदालतद्धारा म्याद जारी

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा थप ७ जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ।  १५ दिनभित्र विशेष उपस्थित हुने गरी म्याद पठाइएको अदालतकी प्रवक्ता पुष्पा पाण्डेले बताइन । भ्रष्टाचार मुद्दा लागेका भूमिसुधार विभागका तत्कालीन महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी गरेको थियो।  

विशेष अदालतले शुक्रबार भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टिकाराम घिमिरे, मालपोत कार्यालयका सुब्बा टीकाबहादुर बिसी, मालपोत कार्यालय काठमाडौंका खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनी छन्।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top