पोखरा । पुष्पाञ्जली फेसन एन्ड इभेन्टद्वारा आयोजित छैठौ नेपाल आइस मिस कल्चर नेपाल २०२० को उपाधी विजेता प्रतीक्षा बास्तोलाले नेपालको विविध संस्कृतिलाई चिनाउन लागिपर्ने बताएकी छिन् । उनले सौन्दर्य प्रतियोगिताले भाषा धर्म संस्कार संस्कृतिसँगै राष्ट्रप्रतिको जिम्मेवारीलाई समेत बोध गर्न सिकाएको बताइन् । उनले भनिन् “बाहिरबाट देखिने र बुझिने भन्दा निकै फरक हुनेरहेछ, सौन्दर्य प्रतियोगिता जसले बाहिरी आवरणमात्रै होइन आन्तरिक सौन्दर्यतालाई पनि कसरी विकास गर्ने भन्ने टिप्स प्रदान गरेको छ ।”
बाँस्तोलाले मिस कल्चरको उपाधीसँगै आफूमा आत्मविश्वास बढेको र संस्कार संस्कृतिको विकास उत्थानमा आफु लागि पर्ने बताइन् । बाँस्तोलाले मोष्ट कन्फिडेन्ट टाइटल समेत हात पारिन् ।
त्यसैगरी फस्ट रनर अफ सपना गौतम , सेकेन्ड रनर अफ सुहाना क्षेत्री , थर्ड रनर अफ करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सुस्मिता तिमिल्सिना र मोष्ट ट्यालेन्ट प्रतीक्षा सुबेदीले जित्न सफल भएका छन् ।
प्रतियोगितामा वेस्ट क्याटवाक आर्जु शाही , वेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, वेस्ट स्किन स्वस्तिका श्रेष्ठ, वेस्ट डान्स सल्मा आले मगर, वेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ती न्यौपाने, मस्ट डिसिपिलिन बिबिका लामीछाने, मस्ट एक्टिभ मनिसा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, वेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट कृयटिभ सस्मिता तिमिल्सिना, वेस्ट पर्फमेन्स र मस्ट पङचुवल सपना गौतम घोषित भए ।
‘हाम्रो सस्कृती हाम्रो पहिचान लोपोन्मुख सस्कृती जोगाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा १५ जना प्रतियोगी सहभागी रहेका थिए । प्रतियोगीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभुषा झल्काएका थिए । इभेन्ट संयोजक दिनेश शर्माले जानकारी दिए ।
विजेताहरुले एक हप्ता सिंगापुर मलेशिया विदेश भ्रमणको अवसर प्राप्त गरेको पुष्पाञ्जली इभेन्टका अध्यक्ष शोभा गौतमले जानकारी दिइन् ।