काठमाडौं । अन्धाधुन्ध पत्र काटेर व्यवसायीलाई तर्साएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तत्काल यो कार्य रोक्ने भएको छ । प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई समेत नसोधी मनलाग्दी पत्र काटेपछि व्यवसायीले त्यसको विरोध गर्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत भेटेका थिए ।
खतिवडाले विभागले अहिले गरेको कार्य अघि नबढ्ने भनेर उद्योगीलाई आश्वास्त पारेसँगै विभागले पनि आफ्नो कार्यबाट ब्याक भएको हो ।
व्यवसायको विवरण माग्ने ठाउँ अन्यत्र हुँदाहुँदै विभागले औद्योगिक प्रतिष्ठानलाई पत्र काटेपछि त्यसको चौतफी आलोचना समेत भएको थियो ।
यतिसम्मकी अर्थमन्त्री खतिवडासम्म विभागको कार्यशैलीबाट खुसी छैनन । उनकै दबाबका कारण विभागले आफ्नो कार्य रोकेको हो । स्रोतका अनुसार विभागले असल नियतले काम गर्न नखोजेको र त्यसले व्यवसायी क्षेत्रमा आतङ्क फैलिएपछि अर्थमन्त्री खतिवडाले समस्या समाधान गर्न पहल समेत गरेको थिए । उनैको पहलमा विभागले अहिलेको कार्य रोकेको हो ।
विभागका महानिर्देशक रुपनारायण भट्टराईले नयाँ तरिकाबाट अनुसन्धान सुरु गर्ने बताए । ‘यो तरिकाको सबैतिर विरोध भयो,’ उनले क्यापिटल नेपालसँग भने, ‘अब नयाँ तरिकाले अध्ययन र अनुसन्धान हुन्छ ।’
विभागले बन्द भइसकेका उद्योग तथा हाल सञ्चालनमा रहेका उद्योगको समेत विवरण माग गरेको थियो । धमाधम उद्योगमा पत्र गएपछि उद्योगीले अर्थमन्त्री खतिवडालाई भेटेर पत्रको बारेमा जानकारी गराएका थिए ।
त्यति मात्रै होइन्, अर्थमन्त्री खतिवडाले विभागको यो अभियान अघि बढने तथा बढाउन नदिने भन्दै व्यवसायीलाई ढुक्क बनाउन खोजेको थिए । उनले भनेअनुसार नै विभागले उक्त कार्य रोकेको छ ।
सम्पत्ति शुद्धीकरणको नाममा व्यवसायीबाट पैसा कमाउने खेलमा विभाग लागेको बताएका छन् । ‘यसरी उद्योगमा पत्र पठाउनुको मुख्य उद्देश्य भनेको पैसा खाने खेल हो,’ एक उद्योगीले क्यापिटल नेपालसंग भने, ‘विभागको अनुसन्धान रोक्नुभन्दा पनि पैसा खाने मेलो भत्काउन खोजिएको हो ।’
सरकारले हरेक ठाउँबाट हाम्रो विवरण लिन सक्ने अधिकार हुँद हुँदै किन उद्योग उद्योगमा पत्र गयो ? भन्ने मुख्य प्रश्न हो । यस पटक विभागले कसको निर्देशनमा पत्र काट्यो ? भन्ने पनि खुलेको छैन् । उद्योग उद्योगमा गएको पत्रको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री खतिवडालाई जानकारी छैन् ।
‘कसरी उद्योगमा पत्र गयो न प्रधानमन्त्री ओलीलाई थाहा छ नत मलाई नै,’ अर्थमन्त्री खतिवडाले व्यवसायीबीचमा भनेका थिए ‘विभागले कसको निर्देशनमा पत्र काटेको हो । थाहा छैन । तर, यो कार्य रोकिन्छ ।’
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् मातहतको विभागले धमाधम पत्र काट्दा पनि प्रधानमन्त्री ओलाई यस बारेमा केही थाहा नभएको स्रोतले दाबी गरेको छ ।
याे पनि पढ्नुस
सम्पत्ति शुद्धीकरणको कार्यशैली प्रति अर्थमन्त्री खतिवडा रुष्ट, व्यवसायीलाई त्रसित नहुन आग्रह
सम्पत्ति शुद्धीकरणको निशानामा परेपछि व्यवसायीले गुहारे अर्थमन्त्री
जताततै सम्पत्ति शुद्धीकरण विभागको निगरानी, बैङ्कपछि निशानामा परे औद्योगिक प्रतिष्ठान
करोड माथिका गाडी चढ्नेको नाम खोज्दै सम्पत्ति शुद्धीकरण
बैंकर तथा घरजग्गा व्यवसायी ईच्छाराज तामाङमाथि सम्पत्ति शुद्धिकरणले थाल्यो छानविन, १ अर्ब २ करोड कारोबारको स्रोत खुलेन, फागुन १ मा उपस्थित गराउन आदेश
अकुत सम्पत्ति कमाएको भन्दै बैंकका दुई सीईओमाथि सम्पत्ति शुद्धिकरणको छानविन