काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लाष्टिक मुक्त संरक्षित क्षेत्र बनाउने उद्धेश्यले बोटलर्स नेपाल (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफको समन्वयमा २५ वटा ठुला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ ।
वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा सुरुवात गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो ।
नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानीय समुदाय र पर्यटन उद्यमी लगायतले सहकार्य गरेका थिए । राष्ट्रिय निकुञ्जको विभिन्न स्थानहरुबाट पीईटी बोतलहरु नियमित रुपमा कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनरमार्फत संकलन गरिन्छ जहाँ रिसाइक्लर साथीले विशेष गरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ ।
अभियान कोका–कोला नेपालको सस्टेनेब्लीटी पार्टनर क्रियशनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ गरिरहेको छ ।कोका–कोला कम्पनीको वल्र्ड वीथआउट वेस्ट भिजन अन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिंगको १०० प्रतिशत बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ र देशप्रतिको प्रतिबद्र्धताका रुपमा कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रियशनसंग सहकार्य गरेर रिसाइकिलंग सुविधाका लागि काठमाडौं र भरतपुरमा दुईवटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन नारायण रुपाखेतीले भन्ने, “हाम्रो देशको गौरब र विश्व सम्पदा चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी छन् । यो संयुक्त प्रयासले वन्यजन्तु र प्रकृति संरक्षणमा सहयोग गर्नेछ । हाम्रो उद्देश्य भनेकै देशको प्राकृतिक वासस्थानलाई यथावत राखेर एउटा उदाहरण बन्नु हो ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा बोटलर्स नेपाल (तराई) लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले भने, “हामी विश्वास गर्दछौ कि जिम्मेवार अभ्यासको माध्यमबाट वातावरणको राम्रो रेखदेख गर्नु सदाझै हाम्रो व्यवसाय हो ।’