सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका ४ खाङसाङ्गमा शुक्रबारबाट दोस्रो फिक्कल महोत्वसब सुरु भएको छ । आफ्नो गाउँपालिकाको प्रसारप्रचार गर्ने उदेश्यले फिक्कलले नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर महोत्सव आयोजना गरेको हो ।
“सडक शिक्षा, बिजुली फिक्कलको पुर्वधार, कृषि पर्यटन जडिबुटी र जंगल समृद्धिको आधार” भन्ने मुल नाराका साथ संचालन भएको दोस्रो फिक्कल महोत्वसबको उद्घाटन सिन्धुली क्षेत्र न १ प्रतिनिधिसभा सदस्य गणेशकुमार पहाडीले गरे ।
साँसद पहाडीले महोत्वसब उद्घाटन गर्दै, पर्यटन र कृषिको माध्यमबाट मात्रै देशको समृद्ध हुने बताए । सिन्धुलीमा पनि फिक्कल छ, भनेर चिनाउनुका साथै नेपाल भ्रमण बर्षको अवसर पारेरे कृषि र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर औद्योगीक लगानी भित्र ल्याउको लागि गाउँपालिकाले महोत्वसको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।
नेपालमा असङख्य मात्रामा हिमश्रृंखला गुफा, गुम्बा हाम्रो देशमा अन्य क्षेत्रको भन्दा पनि पर्यटन बिकासको सम्भावना भएको छ । त्यसैले यी नै प्राकृतीक मनोरम दृष्य हेर्नको लागी पर्यटन क्षेत्रको रुपमा बिकास गरेर समृद्ध फिक्कल निमार्ण गर्न सकिन्छ ।
सिन्धुलीबाट देखिने दृष्य अवलोकनको लागि पर्यटकको आगमन बढ्नुका साथै गाउँगाउमा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
महोत्वसबमा कृषि, पर्यटन, यन्त्रीकरण सुचनाप्रविधि र शैक्षिक जानकारीका स्टलहरु छन । जलयात्रा र प्याराग्लाइडिङ्ग महोत्वकुवा समेत रहेको छ ।
कार्यक्रममा बाग्मती प्रदेश सभाका सदस्यहरु लेखनाथ दाहाल, प्रदिप कटुवाल, बिनोदकुमार खड्का लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । महोत्वसब फागुन १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।