काठमाडौं । आउँदो चैत्र ८ गते प्रविधि, मनोरञ्जन र डिजाइन जमलसम्वन्धी कार्यक्रम(टेड एक्स जमल) हुने भएको छ ।
रबिभवन स्थित होटल क्राउन इम्पेरियलमा टेड एक्स जमलको कार्यक्रममा “खोज तथा उत्खनन्” विषयको सेरोफेरोमा आयोजना विभिन्न ६ ओटा बिषयगत क्षेत्रमा वक्ताहरुले विचार तथा अनुभव प्रस्तुत गर्नेछन् ।
खासगरी गोल्यान समुहका अध्यक्ष पवन गोल्यान, करपोरेट ट्रेनर ड्यान राइट, वातावरण अभियान्ता श्रृष्टीसिंह श्रेष्ठ, राम लक्ष्मण इन्नोभेसनका रामलक्ष्मण रिमाल, नायिका प्रियंका कार्की, मनोवैज्ञानिक डा. सुशिल कडेँलका वक्ताहरुले बिषयगत रुपमा अनुभव तथा विचार राख्नेछन् ।
टेड एक्स जमलले कृषि, चलचित्र क्षेत्र, मानसिक स्वास्थ्य, उद्दमशीलता र नविनता, वातावरण, जीवन विद्या जस्ता ६ विषयगत क्षेत्रहरु समेटने छ ।
टेड एक्स सस्करणले पहिलेको भन्दा भिन्न एवं अझ राम्रो हुने लक्ष्य लिएको छ । यस संस्करणको टेडको विषयवस्तु “खोज तथा उत्खनन्” रहेको छ । हाम्रो समुदायलाई सकारात्मक प्रभाब पार्ने काम गरिरहेका छ जना व्यक्तितत्वले आ–आफ्ना बिचार तथा धारणाहरु प्रस्तुत गर्नेछन् ।
के हो मिसन?
हामी विश्वास गर्छौँ कि हामी जहाँ गए पनि विभिन्न विचारहरुले घेरिइरहेका हुन्छौँ । तर हामी त्यसको उत्खनन् गर्नबाट चुकिरहन्छौँ । टेड एक्सले नविन तथा दुरदर्शी विचारहरुलाई युवा सोचसँग जोड्ने लक्ष्य लिएको छ जसले युवाहरुको यात्रालाई परिवर्तन तथा दिगोपना तर्फ लग्दछ ।
हाम्रो देश जीवन परिवर्तन गर्न सक्ने कथा, असाधारण विचार, उल्लेखनीय व्यक्तिहरुले भरिपूर्ण छ र यस कार्यक्रमले यस्तै कुराहरुलाई अगाडी ल्याउँदै विचारलाई कार्यमा बदल्ने नियत राखेको छ । टेड एक्सले समुदायमा केही देन गर्ने इच्छा बोकेका तर सुरुवात कसरी गर्ने भनी अलमलि रहेका व्यक्तिहरुलाई एक साथ लिएर आउन प्रतिबद्ध छ । तसर्थ यो एक यस्तो माध्यम हो जसले समुदाय मै रुमल्लिरहेका विचारहरुलाई एकत्रित गर्दै सो को प्रसार गर्छ । कार्यक्रमका सहभागीहरु आपूलाई वक्ताको कथामा डुबाउँदै आफ्नो अधिकतम क्षमताको खोज गर्नेछन् । कहिलेकाहीँ खोज र उत्खनन् उस्तै लाग्दछन् । मानिसहरु आफ्नै निर्णय प्रति शंका गर्न थाल्दछन् ।
टेड १८ मिनेट वा कममा शक्तिशाली वार्ताका रुपमा फैलाउन प्रतिबद्ध एक विश्वव्यापी समुदाय हो । यसको सुरुवात सन् १९८४ मा तिन विषयस प्रविधि, मनोरञ्जन र डिजाइनको सम्मेलनको रुपमा सुरु भएको थियो । आजको दिनसम्म आइपुग्दा यसले १०० भन्दा बढी भाषाहरुमा लगभग सबै विषयहरु – विज्ञान, व्यवसाय देखी लिएर विश्वव्यापी मुद्दाहरुसम्म समेटेको छ ।यो एक गैर नाफामुलक सँस्था हो भने यसको मुख्य कार्यालय न्यूयोर्कमा अवस्थित छ । यो सँस्था वैज्ञानिक, दार्शनिक, संगितिज्ञ, व्यवसायी, धर्मगुरु, परोपकारी व्यक्तित्व लगायत अन्य धेरै व्यक्तिहरुले आफ्ना विचार तथा दर्शनहरुलाई शक्तिशाली वार्ताका रुपमा सयौँ सहभागीहरु माझ बाँड्ने साझा थलो हो । यसले सबै संस्कृती तथा क्षेत्रका व्यक्तिहरुलाई स्वागत गर्दछ जसले विश्वको गहन अध्ययन गर्न खोज्दछ । यो समुदायले विचारले नै मनोवृत्ती, जीवन र अन्ततः विश्व नै परिवर्तन गर्न सक्छ भन्ने विश्वास राख्दछ ।
के हो टेड एक्स?
अमेरिका स्थित टेड आफै बिश्वको सबै कुना कुनामा गएर कार्यक्रम गर्न नसक्ने भयपछि यसले टेडको अवधारणा ल्याएको हो । यसले के गर्छ भने जुन ठाऊँमा कार्यक्रम गर्ने हो त्यहि ठाऊँको मानिस हरुलाई लाईसेन्स बितरण गर्ने गर्छ जुन सशुल्क हुन्छ । विचारहरु फैलाउने सिद्धान्तमा आधारित भएको टेड स्थानिय रुपमा स्वआयोजित कार्यक्रम हो । जसले मानिसहरुलाई टेड जस्तो अनुभव महसुस गराउँछ । टेड कार्यक्रममा टेडको भिडियो र प्रत्यक्ष वक्ताहरुको संगमले सानो समुहमा पनि गहिरो वार्तालाप तथा सम्बन्धको सुरुवात हुन्छ ।
स्थानीय रुपमा स्वआयोजित कार्यक्रमलाई टेड भनिने गरिन्छ । हालसम्म यस्ता कार्यक्रमहरु ३५ हजार भन्दा बढि बिश्वको १७५ भन्दा बढि देशमा आयोजना भइसकेका छन् । नेपालमा पनि बर्षेनि २९३ वटा यस्ता कार्यक्रमहरु आयोजना भइसकेका छन् ।