काठमाडौं । चीनको केरुङबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडेर लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षकसहित १६ जना प्रहरीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । चौकिका प्रहरी निरिक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको हो ।
अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि अख्तियारले प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै सबैलाई निलम्बन गर्न भनेको छ ।
कन्टेनरबाट गत पुस ११ गतेभित्रिएको ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरी परेको आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनीहरु पदमा रहँदा प्रमाण लोप वा नाश गर्न सक्ने भएकाले निलम्बन गर्न भनेको प्रवक्ता कोइरालाले बताए ।
निलम्बन गर्न परिपत्र गरेका प्रहरीहरु
प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
प्रहरी हवल्दार रामशरण रिमाल
प्रहरी हवल्दार पुरुषोत्तम खत्री
प्रहरी हवल्दार रामकाजी लामा
प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
प्रहरी जवान शिव नारायण चौधरी
प्रहरी जवान भविलाल रुम्बा लामा
प्रहरी जवान रामचन्द्र वि।क।
प्रहरी जवान रिता चौधरी
प्रहरी जवान मनोज आले
प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
प्रहरी जवान तारा बहादुर प्रजा
प्रहरी जवान युवराज खरेल
हरिबहादुर श्रेष्ठ