काठमाडौं । सीई ग्रुपले लुम्बिनीमा वृहत लगानीको नयाँ ठुलो परियोजना सुरु गर्न लागेको छ । रियलस्टेट, ठुला पुर्वाधार निर्माण र जलविद्युतमा लगानी गरिरहेको सीई कन्सट्रक्सन कम्पनीले वृहत लगानीको नयाँ परियोजना सुरु गर्न लागेको हो ।
लुम्बिनी हव नाम दिइएको सो परियोजनामा सीईले साझेदारीबाट जुटाएर ८ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ ।
लुम्बिनी हवको पहिलो चरणको काम आगामी चैतदेखि सुरु हुने भएको छ । सीईले पहिलो चरणमा ३२ ओटा अपार्टमेन्ट निर्माण सुरु गर्ने भएको छ ।
८ अर्ब लगानीको द लुम्बिनी हब, साढे ३ वर्षमा सक्ने सीईको लक्ष्य
सीईले आउँदो चैतदेखि अपार्टमेन्ट निर्माण सुरु गर्न लागेको अध्यक्ष तथा प्रवन्ध निर्देशक विजयराज भण्डारीले बताए । अपार्टमेन्ट योजनापछि ठुलो लगानीमा २ ओटा होटल, रेष्टुरेन्ट, सम्मेलन केन्द्र, मल्टिप्लेक्स र मनोरन्जन केन्द्र बनाउने योजना छ । सीईले बनाउन सबै अपार्टमेन्ट बिक्री भइसकेको उनले जानकारी दिए ।
अपार्टमेन्ट किस्ताबन्दीमा बिक्री गरिएको उनले सुनाए । हव पुर्वाधार ७ विगाहा जमिनमा फैलिने छ । जग्गा खरिदको काम पुरा भइसकेको छ ।
सीईले होटल, अपार्टमेन्ट, रेष्टुरेन्ट, हेल्थ क्लव, मनोरञ्जन र सम्मेलन केन्द्रसहितको वृहत सुविधा सम्पन्न हव लुम्बिनी परियोजनाको काम सुरु गर्न लुम्बिनी हव कम्पनी स्थापना गरेको छ ।
अपार्टमेन्ट परियोजना सुरु गर्न एक वर्ष ढिलाइ भएको छ । स्वीकृतिलगायत अन्य सरकारी प्रक्रिया पुरा गर्न समय लागेको राजभण्डारी बताउँछन । ‘परियोजनाको ड्रोइङ तयार भएर पनि प्रक्रियागत कारणले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेको हो’ उनले भने ।
लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको समय लम्बाएर १, २ रात त्यही बस्ने वातावरण हवले २ ओटा ठुला होटल बनाउने उनको भनाई छ । परियोजना भैरहवा विमानस्थल भन्दा १३ किलोमिटर र लुम्बिनीबाट २ किलोमिटर टाढा रहेको छ ।
अपार्टमेन्टसहित सुविधा रहेको हव लुम्बिनी नेपालमा पहिलो परियोजना भएको राजभण्डारीले सुनाए । पहिलो चरणको परियोजना सम्पन्न भएपछि दोस्रो चरण सुरु गर्ने तयारी सीईको छ ।
सीईले आफैले मात्र पुर्ण लगानी नगर्ने र लगानीकर्तालाई समेटेर पुँजी जुटाउने गरी लगानी संरचना तयार पारेको छ । लुम्बिनीमा सुरु हुन लागेको परियोजना युनिक फाइनान्सियल मोडेल भएको राजभण्डारी बताउँछन । उनले परियोजनामा धेरैलाई समेटेर लैजाने तयारी भएको जानकारी दिए ।
सीईले अपार्टमेन्ट, अस्पताललागायत १११ मेगावाटको निलगिरी जलविद्युत आयोजना, ८६ मेगावाटको सोलुदुधकोसी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । २३.५ मेगावाटको सोलु आयोजनाको काम सकेको छ ।
यस्तै सीईले साझेदारीमा ९.५ मेगावाटको माइवेनी र ६.२ मेगावाटको तल्लो जोगमाइ आयोजनाको काम सुरु गर्दै छ । यस्तै ४९ मेगावाटको मिडिल मेवा जलविद्युत आयोजना बनाउने तयारी गरेको छ ।