पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की र घरेलु तथा साना उद्योग कार्यालय कास्कीले संयुक्त रुपमा आयोजना गरेको १० दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत उमा गौतम कोइरालाले सरकारले उद्यमशिलतामा प्रोत्साहन गर्न विशेष नीति ल्याएको विशेष गरी महिलालाई दुई सय शुल्क तिरेर उद्योग दर्ता गर्न सकिने जानकारी दिइन् । उनले आर्थिक समृद्धिकालागि उद्यमशिलतानै आजको आवश्यकता भएको कुरामा जोड दिइन् ।
पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले तालिमले सहभागीको उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेे । उनले संस्थाले व्यवसायीको हक हितको अलवा संस्थागत सामाजिक उत्तदायित्वको काम गरेको जनाए।
कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, पोखरा चेम्बर उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला, औद्योगिक विकास प्रतिष्ठान पोखराका प्रमुख राप्रसाद तिवारी,प्रशिक्षक कृष्णराज पोखरेल, ब्रम्हकुमारी सुधा लगायतले मन्तव्य राखेका थिए ।
तालिममा विभिन्न क्षेत्रका ४५ जनाको सक्रिय सहभागिता रहेको विभिन्न क्षेत्रका व्यक्तिहरुबाट उद्यमशिलता सम्बन्धि तालिम प्रदान गरिएको संस्थाका सदस्य साँग्रीला मरासीनीले जानकारी दिइन्।
थप
expand_moreकम
expand_less