काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न ६४ कम्पनीहरुले सेयरधनीलाई बोनस सेयर वितरण गरेका छन ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत, उत्पादनमुलक र होटलहरुले गरी हालसम्म २४ अर्ब २४ करोड ३४ लाख रुपैयाँ बराबरको २४ करोड २४ लाख ३४ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
कतिपय कम्पनीहरुको वार्षिक साधारणसभा हुन बाँकी रहेकाले बोनस सेयर अझ बढ्ने छ । गत आर्थिक वर्षमा नेप्सेमा सुचिकृत कम्पनीहरुले २६ अर्ब ७० करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका थिए । अघिल्लो वर्ष ३३ अर्बको बोनस सेयर वितरण गरेका थिए ।
कम्पनीहरुले सेयरधनीलाई नगद लाभांशका साथै पुँजी बढाउन बोनस सेयर दिएका हुन । बोनस सेयर दिनेमा नविल बैंक, बैंक अफ काठमाण्डु, नेपाल क्रेडिट एन्ड कमर्श बैंक, सेञ्चुरी कमर्शियल बैंक, माछापुच्छे बैंक, सिटिजन्स बैंकलगायत ५ दर्जन कम्पनीहरु रहेका छन ।
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुले पुँजी बढाउन, जलविद्युत कम्पनीले आयोजना बनाउन लगानी जुटाउन बोनस सेयर वितरण गरेका हुन ।
बोनस दिने कम्पनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस