कोरोना प्रभावः साउदी जान लागेका १ सय २० जना श्रमिकको उडान रद्ध

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ फागुन २६, साेमबार,०५:०८:PM  
कोरोना प्रभावः साउदी जान लागेका १ सय २० जना श्रमिकको उडान रद्ध

काठमाडौं । विश्वभर कोरोना भाइरसको प्रभाव बढेपछि साउदी अरबले पनि श्रमिक लिन कडाई गरेको छ । कोरोनाको उच्च जोखिममा रहेको मुलुक नेपालबाट श्रमिक आगमनमा कडाई गरेसँगै साउदी अरबमा जान लागेका १ सय २० जना श्रमिकको उडान रद्ध भएको वैदेशिक रोजगार व्यवसायी सघंका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरु फ्लाई दुबईमार्फत साउदी जान लागेका थिए । साउदीले अन्र्तराष्ट्रिय उडानमा रोक लगाएसँगै उडान पनि रद्ध भएको महासचिव श्रेष्ठले बताए । 

किङ अब्दुल्लाजिज इन्टरनेशनल एअरपोर्ट, किङ फहाड इन्टरनेशनल एअरपोर्ट, साउदीले किङ खालिद इन्टरनेशनल एअरपोर्ट मात्र खुल्ला गरेको छ । इजिप्ट हुँदै साउदी अरेविया प्रवेश गर्ने यात्रुहरुले स्वास्थ्य परीक्षणको प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

हाल साउदीमा युएई, बहराइन, कुवेत हुँदै साउदी अरेयिबा जाने यात्रुहरु ३ वटा एअरपोर्टबाट मात्रै भित्रिन्छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top