सहरमा गाउँले नामका रेस्टुरेन्ट

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत १, शनिबार,०८:००:AM  
सहरमा गाउँले नामका रेस्टुरेन्ट

२०३० मा भर्खरै काठमाडौमा रेस्टुरेन्ट कल्चर बस्दै थियो । त्यही समय श्याम कक्षपतिले राजधानीको रत्नपार्कमा क्याफे डी पार्क रेस्टुरेन्ट खोले । आधुनिक सोचका युवा कक्षपतिले केही समय त्यो रेस्टुरेन्ट चलाएर अमेरिका गए ।

अमेरिका पुगेर रेस्टुरेन्टमै काम गरेका कक्षपतिले ९ महिनापछि नेपाल फर्केर नाङ्लो ब्रान्डको ‘लोकल’ नाममा अर्काे रेस्टुरेन्ट सञ्चालन गरे । नेपालमै हुँदा विदेशी ब्रान्डबाट रेस्टुरेन्टको नाम जुराएका कक्षपतिले अमेरिकाबाट फर्केपछि नेपाली मौलिक नाम ‘नाङ्लो’ जुराए । 
३० को दशकपछि नेपालमा थुप्रै रेस्टुरेन्ट खुले ।

पछिल्लो पटक जनजिब्रोमा सजिलै झुन्डिने नेपाली मौलिक नाम रेस्टुरेन्टका होर्डिङबोर्डमा सजिन थालेका छन् । लोकल नामको प्रयोगबाट व्यवसायलाई विस्तार तथा प्रवद्र्धन गर्नमा समेत पछिल्लो पुस्ता तल्लीन छ । 

सामान्य होटल, रेस्टुरेन्टले आञ्चलिकतालाई झल्काउने नाम राख्दै खुल्ने क्रम पनि बढ्यो । ५० को दशकमा राम्रा र ठूला रेस्टुरेन्ट बग्रेल्ती खुलिसकेका थिए । पर्यटकीय क्षेत्र दरबारमार्ग, ठमेलदेखि पोखराको लेकसाइड र चितवनको सौराहामा खुलेका रेस्टुरेन्टले विदेशीलाई लक्षित गर्दै विदेशी नाम नै राखे र त्यसैलाई पछ्याएर नाम राख्ने चलन पनि ह्वात्तै बढ्यो ।

पछिल्लो पटक जनजिब्रोमा सजिलै झुन्डिने नेपाली मौलिक नाम रेस्टुरेन्टका होर्डिङबोर्डमा सजिन थालेका छन् । लोकल नामको प्रयोगबाट व्यवसायलाई विस्तार तथा प्रवद्र्धन गर्नमा समेत पछिल्लो पुस्ता तल्लीन छ । 

नेपाली समाजमा प्राचीन कालदेखि नै मानिसले आफ्नो मौलिक तथा संस्कृति झल्कने नामबाटै व्यापार गर्दै आएका थिए । अहिले पनि २१ औँ शताब्दीको व्यापारी पुस्ताले त्यही ‘ट्रेन्ड’ समातेको छ । 

समाज आधुनिकतातिर गइरहँदा पनि केही व्यापारिक घरानाले मौलिकता जोगाउन आफ्नो व्यावसायिक ब्रान्डलाई नेपालीमा ढालेका छन् । व्यवसायीले आफ्नो व्यापारिक संस्था वा फर्मको नाम के जुराउँदा व्यापार चल्न सक्छ भनेरै जोखाना हेरेका हुन्छन् । उनीहरु झट्ट सुन्दा फरक र नौलो लाग्ने नामकै खोजीमा हुन्छन् । त्यसक्रममा छुट्टै पहिचान बनाउन अलग खालको नाम राख्नुपर्छ भन्ने सबै व्यवसायीको सोचाइ हुने गरेको पाइन्छ । 

राजधानीको पाँचतारे होटल याक एन्ड यतीले होटलभित्रको रेस्टुरेन्टको नाम चिम्नी राखेको छ । अर्काे पाँचतारे होटल म्यारियट काठमाडौ“ले पनि ठमेल किचेन बनाएको छ । लाजिम्पाटको नेपाली चुल्हो रेस्टुरेन्ट विदेशी धेरै आउनेमध्येमा पर्छ । लाजिम्पाटकै नेपाली भोजन रेस्टुरेन्ट नेपाल आउने पर्यटकको रोजाइमा पर्छ । 

व्यवसायीले पश्चिमा देशका नामभन्दा आफ्नै देशको स्थानीय तथा मौलिकता झल्कने र सबै मानिसको दिमागमा झट्ट सम्झन सक्ने नाम राख्ने लहर बढ्दै गएको काठमाडौ“ डिल्लीबजारको हा“डी बिरयानीका सञ्चालक पोषण नेपालले बताए । 

‘नेपाली नामकरणले नेपाली उत्पादनका रुपमा ‘ब्रान्ड’ परिचित गराउन मात्र होइन, जनजिब्रोमा झुन्डिन पनि सजिलो हुन्छ,’ उनले भने । 

हुन त, नेपालमा अझै पनि बोझिला अंग्रेजी शब्द वा चिरपरिचित विदेशी ब्रान्डकै नाम हुबहु राख्ने चलन हराइसकेको भने छैन । अझै पनि नाममा जति अंग्रेजीकरण भयो, उति स्ट्यान्डर्ड ब्रान्ड, विश्वासिलो तथा गुणस्तरीय मानिने प्रवृत्ति छ । अहिले नयाँ उद्यमीहरु भने यो प्रवृत्ति तोड्दै स्थानीय भाषाका शब्दलाई आफ्नो ’ट्रेडमार्क’ बनाउन थालेका छन् । 

उनी मात्रै होइन, पछिल्लो समय व्यवसाय गरिरहेका धेरै युवा उद्यमी आफ्नो व्यवसायको नाम राख्दा नेपाली मौलिक वा रैथाने शब्द छान्न थालेका छन् । तीन–चार वर्षअघिसम्म अंग्रेजी नाम नै ‘स्ट्यान्डर्ड’ मानिने नेपाली बजारमा देखिएको यो नौलो चलन भने होइन । 

हुन त, नेपालमा अझै पनि बोझिला अंग्रेजी शब्द वा चिरपरिचित विदेशी ब्रान्डकै नाम हुबहु राख्ने चलन हराइसकेको भने छैन । अझै पनि नाममा जति अंग्रेजीकरण भयो, उति स्ट्यान्डर्ड ब्रान्ड, विश्वासिलो तथा गुणस्तरीय मानिने प्रवृत्ति छ । अहिले नयाँ उद्यमीहरु भने यो प्रवृत्ति तोड्दै स्थानीय भाषाका शब्दलाई आफ्नो ’ट्रेडमार्क’ बनाउन थालेका छन् । 

यस्तो नाम राख्नेमा सबैभन्दा बढी होटल तथा रेस्टुरेन्ट रहेका छन् । तीबाहेक पछिल्लो समय नेपाली चलचित्र, लोकगीत, लेख, कृति, हस्तकलालगायत क्षेत्रमा मौलिक नाम राख्ने गरिएको छ । 

खानामा पनि स्थानीय परिकार, गीतमा पनि लोकगीत र नाममा पनि मौलिकता हुने क्रम पछिल्लो पटक बढ्दै गएको व्यवसायी बताउँछन् । 

मौलिक र टिपिकल शब्दमा जुराइने व्यापारले पनि त्यस्तै छलाङ मार्न सक्ने व्यापारीको आकलन हुने गरेको छ । उद्योग विभाग बौद्धिक सम्पत्ति शाखा प्रमुख प्रेमप्रसाद लुइँटेल नेपाली नामबाट व्यवसाय दर्ता गर्नेको संख्या बढेको बताउँछन् । 

उनका अनुसार पछिल्लो समय उपभोक्ताले नेपाली नाम रुचाउने क्रम बढ्दै गएको छ । उनले भने, ‘आफूले जानेबुझेका शब्दबाट नामकरण गर्दा सम्झन सहज भएकाले पनि होला– नेपाली मौलिक संस्कृतिसँग जोडिएका खाद्यान्नदेखि लत्ताकपडासम्ममा नेपाली नाम राखिन थालेको छ ।’

नेपालमा व्यवसाय दर्ता गर्दा विदेशी तथा स्वदेशी जुनसुकै नामको ट्रेडमार्क लिन एउटै प्रक्रिया रहेको छ । नेपालमा कुनै बेला अंग्रेजी नाम राख्ने होडबाजी नै थियो । अचेल नेपाली नामको ब्रान्ड दर्ता गर्नेको जमात बढ्दो क्रममा रहेको शाखा प्रमुख लुइँटेलले बताए । 

उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७५÷७६ को असार मसान्तसम्म २ हजार ५ सयभन्दा बढी ट्रेडमार्क दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये स्वदेशी र विदेशी नामका आधाआधी रहेको विभागले जनाएको छ । 

नेपाली नाम राखेर व्यवसाय दर्ता गर्दा अन्तर्राष्ट्रिय बजारमा उपभोक्ताको मन जित्न सहज हुने तथा नेपाली ब्रान्डको प्रचार बढ्ने भएकाले पछिल्लो पटक त्यस्ता व्यवसाय दर्ता हुने क्रम बढेको उद्योग विभागका महानिर्देशक जीवन सिटौलाले बताए । 

नेपाली नाम राखेर व्यवसाय दर्ता गर्दा अन्तर्राष्ट्रिय बजारमा उपभोक्ताको मन जित्न सहज हुने तथा नेपाली ब्रान्डको प्रचार बढ्ने भएकाले पछिल्लो पटक त्यस्ता व्यवसाय दर्ता हुने क्रम बढेको उद्योग विभागका महानिर्देशक जीवन सिटौलाले बताए । 

पछिल्लो समय नेपाली नाम रोजाइमा पर्न थालेका छन् । खाद्यान्न र सेवामूलक उद्योगले त प्रायः नेपाली नाम नै राख्ने गरेको पाइन्छ ।  महानिर्देशक सिटौलाले भने, ‘आप्mनोपन देखाउन भए पनि नेपाली नाम राख्ने प्रचलन बढेको छ ।’

काठमाडौँ उपत्यकाभित्रका मुख्य सहर तथा व्यापारिक केन्द्रमा मौलिक नाम गरेका थुप्रै व्यवसाय छन् । तीमध्ये नेपाली चुल्हो रेस्टुरेन्ट, रातो भाले रेस्टुरेन्ट, ढिकी रेस्टुरेन्ट, नाङ्लो रेस्टुरेन्ट, बाजेको सेकुवा, दियालो रेस्टुरेन्ट, सिन्का रेस्टुरेन्ट, डल्ले रेस्टुरेन्ट, सिलौटा एन्ड थकाली रेस्टुरेन्ट, हाँडी बिरयानी रेस्टुरेन्ट, कटिया हाउस एन्ड रेस्टुरेन्ट, बोकाभाट रेस्टुरेन्ट, चाँदनी रेस्टुरेन्ट, सयपत्री रेस्टुरेन्ट, कोपिला रेस्टुरेन्ट, सुनगाभा रेस्टुरेन्ट नाम चलेका नेपाली व्यवसाय हुन् । 

यस्तै, नाम चलेका नेपाली व्यवसायमा मुनाल रेस्टुरेन्ट, डाँफे रेस्टुरेन्ट, देउराली रेस्टुरेन्ट, चमेली रेस्टुरेन्ट, छिटोमीठो रेस्टुरेन्ट, कञ्चनजंघा रेस्टुरेन्ट, दालभात रेस्टुरेन्ट, आमाको भान्साघर, कसौडी रेस्टुरेन्ट, दैलो रेस्टुरेन्ट, गृहणी रेस्टुरेन्ट, चुलोचौका रेस्टुरेन्ट, दुनाटपरी रेस्टुरेन्ट, घरआँगन रेस्टुरेन्ट, भेटघाट रेस्टुरेन्ट, बोता रेस्टुरेन्ट, फटाफट रेस्टुरेन्ट, लाली रेस्टुरेन्ट, थकाली रेस्टुरेन्ट, सर्वाेत्तम रेस्टुरेन्ट, दाबिलो रेस्टुरेन्ट पनि छन् । 

विशेषगरी धेरै हस्तकलाका पसलमा नेपाली नामको लोकप्रियता बढ्दै गएको छ । किनकि हस्तकला सामग्री धेरैजसो विदेश निर्यात हुने भएकाले विदेशीलाई नेपाली ब्रान्ड चिनाउन स्वदेशी नाम राख्ने गरिएको व्यवसायीको भनाइ छ ।

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी जीवनशैली बाट थप

Top