राहत प्याकेज माग्दै पोखरेली व्यवसायी काठमाडौंमा

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत २, आइतबार ,०६:००:PM  
राहत प्याकेज माग्दै पोखरेली व्यवसायी काठमाडौंमा

काठमाडौं । कोरोना भाइरसले व्यापार व्यवसाय ओरालो लाग्न थालेपछि पोखराका व्यवसायीहरु ‘राहत प्याकेज’ माग्दै राजधानी काठमाडौं आइपुगेका छन् । 

गण्डकी प्रदेशको राजधानी पोखरामा पर्यटन र उद्योग क्षेत्रमा सक्रिय व्यवसायीहरुले ‘पोखरा पर्यटन संकट व्यवस्थापन समिति’ गठन गरेर केन्द्रिय सरकारसँग राहत प्याकेज माग्न काठमाडौं आएका हुन् ।

समितिले पर्यटन क्षेत्रलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी सरकारबाट तत्काल राहत प्याकेजको व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले उपप्रधान मन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट मन्त्री प्रदिप ज्ञवाली र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटेर आफ्नो समस्याहरु राख्दै विभिन्न राहत प्याकेजको माग गरेका हुन् ।

समितिले सरकारलाई कर्जाको पुर्नतालिकिकरण, संकट व्यवस्थान कर्जा,पुर्नकर्जा,जरिवाना,विलम्ब शुल्क आदि हटाउने विषयमा ज्ञापन पत्र बुझाएका छन् ।

खर्बौ लगानी रहेको पोखराको पर्यटनमा भएको आर्थिक तथा मानविय लगानी संरक्षणमा सरकारले साथ दिनु पर्ने व्यवसायीहरुले माग गरेका हुन् । अहिले पोखराको होटल व्यवसायको अकुपेन्सी १०÷१५ प्रतिशत भन्दाकम झरी सकेको अवस्थामा पर्यटन व्यवसायीहरुले लिएको कर्जाको अवधि एक वर्ष थप्ने र यस वर्षमा बुझाउनु पर्ने सम्पूर्ण दायित्व थपिएको अन्तिम वर्षमा सार्ने व्यवस्था गर्न अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिन अनुरोध गरेका छन् ।

यस्तै पर्यटन व्यवसायीले विभिन्न शिर्षक अन्तर्गत सरकारलाई भुक्तानी गर्नुपर्ने कर,राजश्व, प्रादेशिक एवं स्थानीय करहरुमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने तथा हाललाई एक वर्षको लागि कुनै पनि दण्ड जरिवाना नलाग्ने प्रवन्ध गर्नुपर्ने माग अघि सारेका छन् । साथै पर्यटन उद्योगमा खपत हुने विद्युतको महशुलमा सहुलियत प्रदान गर्नुपर्ने माग राखेका छन् ।

व्यवसायीहरुसँगको भेटमा अर्थमन्त्री खतिवडाले कोरोना भाइरसले पारेको असर सम्बन्धी सरकारले गहण रुपमा अध्ययन गरिरहेकोले केहि दिन भित्रै विषेश निर्णय लिने बताएका छन् । ‘भाइरसको प्रभाव अहिले सबैभन्दा बढि पर्यटन क्षेत्रमा परेको छ,अर्थमन्त्री खतिवडाको भनाई उद्रित गर्दै भेटमा सहभागि एक व्यवसायीले भने, सरकारले छिट्टै विषेश प्याकेज घोषणा गर्ने छ ।’

सरकारसँग राहतको प्याकेज माग्न पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जीवी पोखरेलकाे नेतृृत्वमा गण््डकी   प्रदेेशका सभाषद राजिव पहारी,  पर्यटन सग कृयाशिल सघसस्थाका अध्यक्ष एवम् प्रतिनिधि हरु राजधानी आएका थिए।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top