माछाखोला जलविद्युतमा राष्ट्रिय वाणिज्य बैंकले ४९ करोड लगानी गर्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ७, शुक्रबार,११:३८:AM  
माछाखोला जलविद्युतमा राष्ट्रिय वाणिज्य बैंकले ४९ करोड लगानी गर्ने 

काठमाडौं । माथिल्लो माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ ।

 गैरआवासिय नेपालले स्थापना गरेको विकास हाइड्रोपावर कम्पनीले बनाउन लागेको ४.५ मेगावाटको माथिल्लो माछाखोलामा राष्ट्रिय वाणिज्यले ४९ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेकाे छ । बिहिबार विकास हाइड्रोपावर र बैंकबीच वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । 

विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार आयोजनाको लागत ८१ करोड ६५ लाख रुपैयाँ  छ । गोरखाको धार्चे गाउँपालिकामा छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top