कोरोनाको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

account_box अशोक शेरचन ,
प्रकाशित: २०७६ चैत ७, शुक्रबार,१२:३८:PM  
 कोरोनाको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

कोरोनाको सन्त्रासपछि कतारले कोठाभित्रै बस्न भनेको नियम नमानेपछि बिहीबार १५० जना नेपालीलाई डिपोर्ट गरिरहँदा नेपालमा ह्यात, सोल्टीलगायत अन्य पाँचतारे होटलले सेवा बन्दकाे निर्णय गरे । 

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स र पर्यटन यी दुई क्षेत्रको भूमिका बढि छ ।  तर, यी दुई क्षेत्रमा कोरोनाको कहरले नेपालको अर्थतन्त्र शिथिल हुने अनुमान गर्न सकिन्छ । कोरोनाको सन्त्रास लामो समय नदेखिए तत्काल रिभाइभ हुने र त्यसको ठूलो असर नदेखिने संभावना पनि उत्तिकै छ । तर यो कहिलेसम्म जाने र कुन प्रकारले जाने भन्ने विषयमा कुनै प्रक्षेपण गर्न सकिने अवस्थामा छैन । कोरोनाले रेमिट्यान्स र पर्यटन मात्र होइन्, यसले  बहुआयामिक असरको संकेत देखा परिसकेको छ । 

नेपालको कुल ग्रार्हस्थ उत्पादनमा रेमिट्यान्सको २५ प्रतिशत योगदान छ । पर्यटन उद्योग त द्रूत गतिमा अघि बढेको आर्थिक क्षेत्र नै हो । पर्यटन ठूला उद्योगमध्ये सातौं स्थानमा पर्छ । यसको जीडीपीमा योगदानमा करिब ४ प्रतिशतमा उक्लिसकेको छ । अर्थतन्त्रको कुल रोजगारीमा पर्यटन क्षेत्रको २० प्रतिशत हिस्सा रहेको तथ्याङ्क छ । तर, पर्यटकीय सिजनमै धक्का लाग्दा परेको प्रभावको मूल्याङ्कन पछि होइन अहिले नै लागत राखेर गर्न जरुरी छ । 

कतारले बिहीबारमात्र होइन त्यसअघि २५० जना नेपालीलाई पनि डिपोर्ट गरेको थियो । कोरोनाकै कारण कामको खोजीमा कतार पुगेका ४०० जना नेपालीले रोजगारी गुमाउनु पर्यो । नेपाली रहेका विभिन्न मुलुकमा ‘लक्डडाउन’ भएको छ । नेपालबाट विदेश जान पनि रोक भइसकेको छ । दैनिक उपभोग्य खर्चमा रेमिट्यान्सको करिब ८० प्रतिशत रकम खर्च हुन्छ । रेमिट्यान्स ठप्प हुँदा हाम्रो अवस्था कस्तो होला ?

थोरैमा एक महिना मात्र यस्तो स्थिति रह्ये  भने पनि यसले नेपालको अर्थतन्त्रको संरचनालाई केही परिवर्तन त अवश्य गर्छ ।  नेपालमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित बिरामीको उजागर भएको छैन । नहोस् पनि, त्यही कामना गरौं । तर यसको चक्रिय प्रभाव भने हाम्रो आर्थिक, सामाजिक, राजनैतिक र न्यायिक सबै क्षेत्रमा परिसकेको छ । यी मध्ये मानवजीवन पछाडी सबैभन्दा संवेदनशील क्षेत्रको रुपमा आर्थिक क्षेत्रलाई लिइन्छ । अर्थतन्त्रको मुख्य खम्बाको रुपमा लिईने निजी क्षेत्र कोरोनाका कारणले सबैभन्दा बढी प्रताडित हुन्छ । 

अर्थतन्त्रलाई चलायमान राख्नका लागि मानिसहरुको आवतजावत, किनमेल, उपभोग, सिर्जना, लगानी, जोखिमबहन, व्यावसायिकता, उद्यमशीलता सवैको आवश्यकता पर्दछ । तर अहिले यी सबै कुराहरुमा घोषित अघोषित रुपमा प्रतिबन्ध छन् । नेपालमा बर्षेनी करीब करोडौं मान्छेहरु आफनो थातथलो छोडेर अर्को गन्तव्यमा विभिन्न प्रयोजनका लागि आवतजावत गर्दछन् । सार्वजनिक सवारीका साधनहरु, निजी सवारीका साधनहरु, हवाईमार्ग र पदयात्राका माध्यमद्धारा यात्रा तय गर्ने गरिन्छ ।

सडकमा बदाम बेचेर जीविकोपार्जन गर्नेहरुदेखि पाँचतारे होटल चलाएर सरकारलाइ मनग्गे राजस्व बुझाउनेहरुसम्म बर्तमानमा समान रुपले पीडित हुनेछन् । अर्थतन्त्रलाई चलायमान राख्ने मुख्यस्रोत भनेको मानिसहरु हुन्, तर आज तिनै मानिसहरु स्वः कारागारमा बस्न बाध्य छन । अर्थात भन्न सकिन्छ, हाम्रो अर्थतन्त्र अहिले चक्रव्यूहमा प्रवेश गरिसकेको छ र यसको निकास महाभारतका अभिमन्यूको जस्तो मृत हुन्छ वा जीवितै हुन्छ त्यो भविष्यको गर्भमै छ । 

२०७२ को विनाशकारी भूकम्प त्यसपछिको नाकाबन्दी र अहिले कोरानाको सन्त्रास । नेपालको निजी क्षेत्रले व्योहोर्नुपरेको अध्याँरा पाटाहरु हुन् । निजी क्षेत्र स्वयम् आफ्ना लागि मात्र होइन । मुलुकका समृद्धिका सारथी पनि हुन्  । त्यसैले हरेक अप्ठ्यारो समयमा सरकारको हौसला कायम हुन जरुरी छ । 

अर्थतन्त्रलाई चलायमान राख्नका लागि मानिसहरुको आवतजावत, किनमेल, उपभोग, सिर्जना, लगानी, जोखिमबहन, व्यावसायिकता, उद्यमशीलता सवैको आवश्यकता पर्दछ । तर अहिले यी सबै कुराहरुमा घोषित अघोषित रुपमा प्रतिबन्ध छन् । नेपालमा बर्षेनी करीब करोडौं मान्छेहरु आफनो थातथलो छोडेर अर्को गन्तव्यमा विभिन्न प्रयोजनका लागि आवतजावत गर्दछन् । सार्वजनिक सवारीका साधनहरु, निजी सवारीका साधनहरु, हवाईमार्ग र पदयात्राका माध्यमद्धारा यात्रा तय गर्ने गरिन्छ । भनिन्छ, नेपालमा करीव ४ लाख सार्वजनिक सवारीका साधनहरु प्रयोगमा छन् । यात्राको दूरी लामो या छोटो हुनसक्छ तर यसको उपभोग गर्नेहरुले निश्चित शुल्क तिरेका हुन्छन । ४ लाख सवारीसाधनमा औसतमा २ जनाले मात्र पनि रोजगार पाएका छन भनेर अनुमान गर्दा ८ लाख मानिसहरुको रोजगारी धरापमा परेको छ । ८ लाख मानिसहरुका ४ जनाको परिवार मात्र हिसाव गर्दा पनि ३२ लाख जनाको जीवनका बारेमा सोच्नुपर्ने हुन्छ । ४ लाख सवारी साधनमा लगानी गर्ने सवारीधनीहरुको पुँजी र प्रतिफलका बारेमा पनि सोच्नुपर्ने हुन्छ ।

मानिसहरुलाई चलायमान राख्ने अर्को साधन भनेको हवाईसेवा हुन । आन्तरिक उडानहरु मार्फत सन २०१८ मा करीव २९ लाख मानिसहरु आवतजावत गरेको तथ्याङ्क छ । नेपालमा हवाईक्षेत्रमा सेवा पुर्यारईरहेका करिब २० वटा भन्दा बढी कम्पनीहरु छन । यी कम्पनीका साधनहरु अहिले काम विहीन अवस्थामा छन । यी कम्पनीहरुसँग आश्रित मानिसहरुको संख्या पनि लाखौंमा छ । 

एकातिर बेरोजगार अर्कोतिर घरपरिवार, समस्याको दोबाटोमा उभिंदा यिनले कस्तो भविष्य देख्दा हुन विचार गर्नुपर्ने पक्ष छ । यो क्षेत्रका लगानीकर्ताहरुको पुँजी र प्रतिफलका बारेमा पक्कै पनि ध्यान जानु पर्दछ । त्यसैगरी, सन् २०१८ मा नेपालमा करीव ३४ हजार वटा अन्तर्राष्ट्रिय उडानहरु मार्फत करीव ४४ लाख मानिसहरुको आगमन भएको थियो । जुन अहिले धेरै कम भएको छ र केही दिनमा पूर्णतया बन्दनै हुने देखिन्छ । 

पर्यटनक्षेत्रका अन्य कडीहरुको पनि अवस्था नाजुक नै छ । ठूलो लगानी रहेको पर्यटन क्षेत्र अहिले बन्दप्राय स्थितिमा छन् । सरकारको पछिल्लो तथ्यांक अनुसार अहिले देशभर १३६ तारे होटेल छन् । १ हजार १२५ वटा पर्यटकीय स्तरका होटेल छन् ।  सन २०१९ मा यी होटलहरुले करीव १२ लाख पर्यटकहरुलाई सेवा दिएका थिए । तर यो वर्षको प्रारम्भ देखिनै यो क्षेत्रले कोरोनाको कहर सहनु परेको छ । यी होटलहरुसँग पनि हजारौं मानिसहरु प्रत्यक्ष अप्रत्यक्षरुपमा जोडिएका छन् । जसको कमाईमा लाखौं परिवारका सदस्यहरुको भविष्य जोडिएको छ । अनिश्चित भविष्यसँग यिनले कतिञ्जेल लुकामारी खेल्नुपर्ने हो, त्यो पनि अनिश्चित नै छ । 

हामीले अघिल्लो बर्ष देशले करीव ८८० अर्ब रूपैयाँ रेमिट्यान्स रकमको रुपमा बिभिन्न देशहरुबाट प्राप्त गरेका थियाे । तर अहिले ती सबै देशहरुले आफुलाई निषेधको अवस्थामा राखिसकेका छन् । मेडिकल, अस्पताल र खाद्य सामग्री बाहेकका सबै संस्थाहरु बन्द प्राय छन् । घरैबाट काम गर्ने स्तरका हाम्रा नेपालीहरुको संख्या बिदेशमा धेरै कम छ । नेपालको जीडीपीमा करीव २५ प्रतिशतको योगदान गर्ने यो क्षेत्रलाई पनि कोरोना भाइरसले खोक्रो बनाउने छ ।

अबौं रुपैयाँ लगानी गरेका होटल व्यवसायीहरुले अहिले सर्वाधिक चिन्तित छन् । आलिसन लाग्ने भव्य भवनहरु खण्डहरमा परिणत भएको मात्र छैन, लगानी र प्रतिफलको सुनिश्चितताका लागि मौन बस्ने कि चिच्याएर बिरोध गर्ने दुविधामा छन् । टाभल्स र ट्रेकिडसँग जोडिएकाहरुको पनि यही हालत छ । 

हामीले अघिल्लो बर्ष देशले करीव ८८० अर्ब रूपैयाँ रेमिट्यान्स रकमको रुपमा बिभिन्न देशहरुबाट प्राप्त गरेका थियाे । तर अहिले ती सबै देशहरुले आफुलाई निषेधको अवस्थामा राखिसकेका छन् । मेडिकल, अस्पताल र खाद्य सामग्री बाहेकका सबै संस्थाहरु बन्द प्राय छन् । घरैबाट काम गर्ने स्तरका हाम्रा नेपालीहरुको संख्या बिदेशमा धेरै कम छ । नेपालको जीडीपीमा करीव २५ प्रतिशतको योगदान गर्ने यो क्षेत्रलाई पनि कोरोना भाइरसले खोक्रो बनाउने छ । किनकी बिदेशमा रहेका ठूलो जनसंख्या काम र कमाई विहीन अवस्थामा  पुगेका छन् । 

अझ विदेशमा रहेका नेपालीहरु ती देशहरुबाट धमाधम डिपोर्ट भने के परिणाम हामीले भोग्नुपर्ला अनुमान गर्न गाह्रो छ । करीव ६० प्रतिशत घरपरिवारले रेमिट्यान्सको भरमा गुजारा चलाउने गरेको तथ्य सरकारी र गैरसरकारी सर्वेक्षणहरुले देखाएका छन् । कोरोनाका कारण रेमिट्यान्स रकममा पनि यस वर्ष भारी गिरावट आउन गई अर्थतन्त्रलाई नै असन्तुलन तिर धकेलीदिने सम्भावना व्यापक छ ।

हाम्रो वैदेशिक व्यापारको सन्तुलन विगत देखिनै नकरात्मक छ । हामी दशकौंदेखि व्यापार घाटाबाट गुज्रिदै आएका छौं । हाम्रा उद्योगधन्दाहरु  बाह्य कच्चा पदार्थहरुमा आश्रित छन् । निर्यातको तुलनामा आयातको आकार कैयौं गुणा ठूलो र अकल्पनीय छ । कृषि भन्दा बाहेकका सबै उद्योगहरु भारत र चीनमा बढी आश्रित छन भने केही अन्य राष्ट्रहरुले पनि थेगेका छन । भारतमा भर्खर कोरोनाको प्रभाव देखिन थालेको र यो उत्कर्षमा पुगेको अवस्थामा हाम्रा उद्योग धन्दाहरुले ठूलो अभाव झेल्नुपर्नेछ । हुनत् अहिलेनै विभिन्न वस्तुहरुमा कटौती सुरु भईसकेको छ, तर हामीले यसको रौद्ररुप हेर्नै बाँकी छ । औद्योगिक क्षेत्रले पनि यसपाली हाम्रो आर्थिक बृद्धिलाई चुनौती थपिदिने छ र योसँग प्रत्यक्ष जोडिएका हजारौं कामदारका लाखौं घरपरिवारले अरु सङ्र्घषपूर्ण दैनिकीबाट गुज्रिनुपर्ने छ । उद्योग व्यापारका लगानीकर्ताहरुले पनि आफ्नो लगानी र प्रतिफलबाट बिमूख हुँदै राम्रा दिनहरुको पर्खाइमा समय व्यथित गर्नुको बिकल्प रहनेछैन् ।

विदेशी कामदारको अभावमा राष्ट्रिय गौरवका योजनाहरु समेत निर्माणमा ढिलाई हुन थालिसकेको छ । निर्माणका चरण रोकिएका कारणले विनियोजन बजेट पनि खर्च गर्न नसकिएको अवस्था छ । शिक्षा क्षेत्रका सबै तहका विद्यालय र विश्वबिद्यालयका पठनपाठनहरु रोक लगाइएका छन् । जसका कारण छोटै समयका लागि भए पनि बिद्यार्थीहरुको बृत्तिविकास रोकिएको छ । 

निजी तथा सरकारी शैक्षिक संस्थाहरुमा पनि हजारौं व्यक्तिहरु रोजगारीमा जोडिएका छन् । शैक्षिक संस्थाहरुका प्रर्वद्धक पनि नयाँ भर्नाका बेलामा पाक्नै लागेको बालीबाट टाढिएका छन् ।  यस्तो अवस्थामा आशाको सानो त्यान्द्रो बाँकी रहेको क्षेत्र भनेको कृषि क्षेत्र मात्र हो । मौसमी अनुकूलताले गर्दा बालीहरुको उत्पादन मनग्गे भईदियो भने यसले अर्थतन्त्रमा केही भरथेग गर्न सक्थ्यो । तर राज्यले बीउबीजन र मलखादको व्यवस्था कत्तिको गरेको छ, त्यसमा कृषिको वृद्धि निर्भर गर्दछ । 

यी लगायत अर्थतन्त्रका अन्य क्षेत्रहरुसँग पनि परस्पर सम्बन्ध भएको एउटा अर्को क्षेत्र भनेको बैंकिङ हो । निजीक्षेत्रद्धारा प्रर्वद्धित प्राय सबै उद्योग व्यापारमा बैंकहरुले कर्जा लगानी गरेका छन् । अहिले ती कर्जाहरुको सुरक्षालाई लिएर बैंकहरु चिन्तित बन्नुपरेको छ । आफूले लगानी गरेको उद्योग व्यवसायले बेहोर्न परिराखेको समस्याहरुलाई टुलुटुलु हेरिराख्न बाहेकको विकल्प बैंकहरुसँग पनि छैन । उद्योग व्यवसायहरु धमाधम बन्द हुन थालेका छन । उत्पादन र बिक्री नभएपछि तिनको पनि वित्तीय सन्तुलन डगमगाउँछ र बैंकको साँवा व्याज तिर्न पनि गाह्रो पर्दछ ।

पूँजी बजारको अवस्था पनि सन्तोषजनक देखिदैन् । सन्त्रासले लगानीकर्ताले पैसा गुमाउँदै गए भने त्यसको प्रभाव चौतर्फी देखिन्छ । बजार निरन्तर घट्ने संकेतहरु देखिसकेका छन् । सन्त्रासकै कारण बजार बन्द गर्नुपर्ने आवाज उठिसकेको छ । बजार नै बन्द भए कारोबार हुने कुरै भएन । ठप्प कारोबारले सेयर बजारमा आश्रित जनतालाई सिधैं असर पार्ने छ । 

यी लगायत अर्थतन्त्रका अन्य क्षेत्रहरुसँग पनि परस्पर सम्बन्ध भएको एउटा अर्को क्षेत्र भनेको बैंकिङ हो । निजीक्षेत्रद्धारा प्रर्वद्धित प्राय सबै उद्योग व्यापारमा बैंकहरुले कर्जा लगानी गरेका छन् । अहिले ती कर्जाहरुको सुरक्षालाई लिएर बैंकहरु चिन्तित बन्नुपरेको छ । आफूले लगानी गरेको उद्योग व्यवसायले बेहोर्न परिराखेको समस्याहरुलाई टुलुटुलु हेरिराख्न बाहेकको विकल्प बैंकहरुसँग पनि छैन । उद्योग व्यवसायहरु धमाधम बन्द हुन थालेका छन । उत्पादन र बिक्री नभएपछि तिनको पनि वित्तीय सन्तुलन डगमगाउँछ र बैंकको साँवा व्याज तिर्न पनि गाह्रो पर्दछ । यो समस्या साना, मझौला र ठूला सवै खाले ऋणीहरुले समान रुपमा व्यहोर्नुपर्ने हुन्छ । कोरोना भाइरस संक्रमणको आयु र बिस्तार जति लामो र बृहत हुँदै जान्छ त्यतिनै उद्योग व्यवसायको अस्तित्व समाप्त हने सम्भावना बढदै जान्छ । 

यदि त्यसो भयो भने लगानी, कर्जा, आम्दानी, रोजगारी, राजस्व लगायत अन्य धेरै कोणबाट यसले अर्थतन्त्रमा नकरात्मक प्रहार गर्दछ । बैंकहरु नेपाल सरकारका निश्चित नीति नियमहरुद्धारा बाँधिएका हुन्छन । राष्ट्र बैंकद्धारा निर्देशित र नियमित गरिएका हुन्छन यसैले यिनले आफना ग्राहकहरुलाई सामान्य किसिमका बाहेक ठूला सहयोगको हात बढाउन सक्दैनन् । अस्तित्वनै सकिँदै छ भन्दै गर्दा पनि निर्ममतापूर्वक आँखा चिम्लिनुको बिकल्प बैंकहरुसँग प्राय हुँदैन । तर यसपालीको समस्या भने बेग्लै किसिमको र फरकखालको भएकोले राज्य र बैंकहरुले पनि केही प्रभावकारी उपायहरुको खोजी गर्नुपर्ने देखिन्छ । जसबाट सर्प पनि मरोस्, लौरी पनि नभाँचियोस खालको परिणाम आओस् । तब मात्र कोरोना भाइरसको चक्रव्यूहबाट अर्थतन्त्र जोगिन सक्छ । 
                                                                                        (शेरचन, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ) 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top