सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग ‘ब्रेक’ थ्रु, तर, असारमसान्तको लक्ष्यमा धक्का

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ७, शुक्रबार,०५:५०:PM  
सान्जेन जलविद्युत् आयोजनाको मुख्य सुरुङमार्ग ‘ब्रेक’ थ्रु, तर, असारमसान्तको लक्ष्यमा धक्का

काठमाडौं । रसुवामा निर्माणाधीन ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाको मुख्य सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ ।

कुल ३ हजार ६ सय मिटर लामो सुरुङमार्गको काम पूरा भएको हो । त्यसपछि मुख्य सुरुङमा ढलानको काम सुरु हुने आयोजनाले जनाएको छ । हालसम्म आयोजनाको झन्डै ८० प्रतिशत भौतिक प्रगति पूरा भएको आयोजनाले जनाएको छ । 

चालू आर्थिक वर्ष २०७६/०७७ को असारमसान्तभित्रै विद्युत् उत्पादन हुने लक्ष्य लिइएको आयोजना कोरोनाका कारणले सो लक्ष्यमा धक्का लाग्ने देखिन्छ । 

कोरोना असरले आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार कम्पनीका चिनियाँ प्राविधिक तथा कामदार चीनमै नफर्किदा उपकरण जडान हुन सकेका छैनन् । आयोजना सम्पन्न हुन अझै ६ महिना लाग्ने आयोजना पक्षले जनाएकाे छ ।
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top