लामो दूरीमा मोटरसाइकल सञ्चालनमा रोक छैन : यातायात विभाग

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,११:३१:AM  
लामो दूरीमा मोटरसाइकल सञ्चालनमा रोक छैन : यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा मोटरसाइकल सञ्चालनमा कुनै रोक नलगाइएको बताएको छ । शुक्रबार सरकारले कोरोना भाइरस जोखिम न्युनिकरण गर्न लामो दूरीमा चल्ने सबै सार्वजनिक बस सञ्चालनमा रोक लगाएपछि दुइपाङ्ग्रे पनि बन्द हुने हल्ला चलेको थियो ।  

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले लामो दूरीमा चल्ने सार्वजनिक यातायातलाई प्रतिबन्ध लगाइए पनि मोटरसाइकल सञ्चालनमा रोक लगाइने बिषय हल्लामात्र रहेको बताए । ‘तत्काललाई मोटरसाइकललाई पनि रोक लगाउँने निर्णय भइसकेको छैन्’ ।

२ सय ५० किलोमिटर दूरीमा भने सार्वजनिक यातायात चल्ने हल्ला चलेपनि लामो दूरीमा चल्ने सबै सवारी बन्द नै रहेको हमालको भनाई छ । त्यस्तै उपत्यकामा चल्ने सार्वजनिक यातायात बन्द गर्ने बिषयमा कुनै छलफल भएको छैन् । तर, सार्वजनिक यातायात क्षेत्रमा कोरोनाको शन्त्रासले यात्रुहरुको चाप क्रमिक रुपमा घट्दै गएका छन् । ‘यदि त्यस्तै अवस्था आयो भने उपत्यकाको सार्वजनिक यातायात स्वत बन्द हुन्छ’ हमालले भने । 
 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top