एक जिल्लाबाट अर्को जिल्लामा यातायात सञ्चालन गर्न रोक 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,१२:४३:PM  
एक जिल्लाबाट अर्को जिल्लामा यातायात सञ्चालन गर्न रोक 

काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा गाडी सञ्चालनमा रोक लगाएको छ । काठमाडौ उपत्यका बाहेक अरु ठाउँमा पनि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको हो । 

गत शुक्रबार सरकाले लामो दुरीमा सञ्चालन हुने सवारीधान चल्न नदिने निर्णय गरेको थियो । यातायात विभागका महानिर्देशक गोगनकुमार हमालले एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि विभागले काठमाडौ बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने आइतबार निर्णय गरेको हो । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top