काठमाडौं । कोरोना भाइरसको प्रभावबाट बच्न घर फर्कनेको संख्या बढेपछि एक्कासी बढेको हवाई भाडाको मुल्य अहिले फेरी घट्न थालेको छ ।
सरकारले निर्धारण गरेको भाडा दर भन्दा केहि कममा उडान गर्दै आएको एयरलाइन्सहरुले अहिले प्रतिस्पर्धा नै गरेर धमाधम भाडा घटाउदै लगेको छ ।
केहि समय अघिसम्म लिदै आएको भाडादर भन्दा बढि लिन थालेपछि चौतर्फि रुपमा एयरलाइन्सको विरोध भएको थियो ।
बुध्द एयरले आइतबारबाट लागू हुने गरी सरकारले तोकेको अधिकतम भाडा भन्दा करिब ४० प्रतिशत कम मुल्यमा सेवा सुचारु गरेको छ । श्री एयरलाइन्सले शनिवार नै भाडा घटाउने निर्णय गरेको थियो ।
बुध्दले जारी गरेको नयाँ भाडादर अनुसार धनगढी ७ हजार ९ सय , भैरहवा ४ हजार ७ सय ,नेपालगञ्ज ६ हजार १ सय, भद्रपुर ६ हजार २ सय, पोखरा ५ हजारलाई ३७ सय, राजविराज ४ हजार २ सय कायम गरिएको छ ।
यस्तै श्री एयरलाइन्सले भद्रपुर ७ हजार ४ सय, विराटनगर ६ हजार १ सय , जनकपुर ३ हजार ३ सय , सिमरा ३ हजार ,पोखरा ३ हजार ७ सय,भैरहवा ४ हजार ९ सय,नेपालगन्ज ६ हजार २ सय र धनगडी ७ हजार ९ सय तोकेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शनिवार आन्तरिक वायु सेवा सञ्चालकहरुलाई हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरीक ट्रंक रुटमा लिदै आएको अधिकतम सीमाका २ वटा स्लयावका हवाई भाडा हटाई सो भन्दा कमको भाडा दरलाई अधिकतम सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्न निर्देशन दिएका थिए ।