विद्युत महशुल तिर्न ढिलाइ भएपनि जरिवाना नलाग्ने, अनलाइनमार्फत भुक्तानी गर्न प्राधिकरणको आग्रह 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०२:०७:PM  
विद्युत महशुल तिर्न ढिलाइ भएपनि जरिवाना नलाग्ने, अनलाइनमार्फत भुक्तानी गर्न प्राधिकरणको आग्रह 

काठमाडौं । कोरोना भाइरसको प्रभावले विद्युत् महशुल तिर्न ढिलाइ भएमा जरिवाना नलाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुनै कारणले ग्राहकवर्गले महशुल तिर्न ढिलाइ भएमा जरिवानामा छुट गरिएको प्राधिकरणले जनाएको छ । 

महशुल तिर्न कार्यालय जाँदा ग्राहकको भीड हुने हुँदा त्यसलाइ कम गर्न पनि प्राधिकरणले जरिवाना मिनाहा गरेको हो । प्राधिकरणले बिजुलीको महशुल अनलाइन वा विद्युत्तीय माध्यमबाट भुक्तानी गर्न समेत ग्राहकलाइ आग्रह गरेको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top